मसाज थेरापिको महत्व र यसका केही रहस्यहरु- डा. सुशील देवकोटा - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 2, 2012

मसाज थेरापिको महत्व र यसका केही रहस्यहरु- डा. सुशील देवकोटा

मसाज थेरापीको क्रमामा एउटा उल्लेखनीय कुरा के हो भने हिलिंग पावर (निको हुने शक्ति) दिने वा लिने क्रममा आत्मियताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। तर यही आत्मियताकै कारण कतिपय व्यवसायीक अवस्थामा असामाञ्जस्यपूर्ण अवस्थाको सृजना हुन सक्दछ। स्वस्थ, आरामदायी र सन्तुष्ट अनुभव गर्ने वातावरणको निर्माण गर्नु मसाज थेरापिष्टको दायीत्व हो। त्यसैगरी ग्राहकले पनि मसाज थेरापिष्टले सहज रुपमा मसाज गर्न सक्ने वातावरण निर्माणको निम्ति पहल गर्नु पर्दछ। 
अनुभवी मसाज थेरापिष्टले ग्राहकलाई मसाजकै क्रममा लाज लाग्ने वा असहज महसुस गरिने ठाउंमा मसाज गर्दा पनि सहज लाग्ने हिसाबको वातावरण बनाउन सफल हुन्छ। 

सबै खोल्ने हो?
मसाजको क्रममा कति लुगा लगाउने भन्ने कुरा कुन किसिमको मसाज गर्ने हो त्यसमा भर पर्ने कुरा हो। सम्पूर्ण शरीरमा स्वीडिस मसाज गर्ने हो भने सम्पूर्ण लुगा खोल्नु आवश्यक हुन सक्छ। तर पनि यो अत्यावश्यक भने होइन। यदि ग्राहकले पेन्टी वा भित्री पहिरन लगाउने इच्छा राख्दछ भने त्यसलाई स्वीकार गर्नु पर्दछ। ग्राहकले सहज महसुस गर्ने हरेक कुरा उसले लगाउन पाउनु पर्दछ। थेरापिष्टको पनि दायीत्व के हो भने मसाज गर्ने बाहेकको शरीरको भाग ढाकिएको हुनु पर्दछ। 
थेरापिष्टले मसाज सुरु हुनु अगावै अब के हुन्छ भन्ने कुराको जानकारी लुगा फुकाल्नु अघि नै दिनु पर्दछ। त्यसपछि थेरापिष्ट कोठाबाट बाहिरिन्छ भने त्यो दौरानमा ग्राहकले आफ्ना कपडा खोली बेडमा तौली वा केही ओढी आरामसंग सुत्दछ। त्यसपछि मसाज थेरापिष्टले मसाजको क्रममा मसाज गरिने भागलाई बाहेक अरु भाग छोपेर मसाज गर्न सुरु गर्दछ। 

भावनात्मक रुपले छुनु : 
एउटा व्यक्ति मसाज गर्न आउनुको विभिन्न कारणहरू हुन सक्दछन्। जस्तो कि तनाव मुक्ती, आराम पाउनको निम्ति, रक्तसंचार बढाउन, शरीरको लचकता बढाउन आदि। मसाज गर्न आउनुको जुनसुकै कारण भए पनि मसाज थेरापिष्टले ग्राहकले भनेका सिमा र आफूले पनि निर्माण गरेका सिमा भित्र रहेर मात्र मसाज गर्नु पर्दछ।  उपचारात्मक मसाज वास्तवमै एक आनन्ददायक क्षण हो तर यो सेक्सयुल अनुभुती हुने क्षण भने पक्कै पनि होइन। यदि महिला वा पुरुष ग्राहकले यौनसंग सम्बिन्धत आग्रहहरू गर्छन् भने यो मसाज थेरापिष्टको कर्तव्य हो कि उसले उक्त आग्रहको असान्दर्भीकताको बारेमा ग्राहकलाई विश्वस्त बनाओस्। सामान्यतया मसाजको क्रममा यौनांगलाई छुनु आवश्यक हुदैन। 

ग्राहकले पनि त्यहां छोइयोस् भन्ने आशा राख्नु हुंदैन भने मसाज थेरापिष्टले पनि त्यहां छुने कोसिस गर्नु हुदैन। त्यसो भएको खन्डमा दुवै पक्ष  बीचमा अविश्वासको खाडल पैदा हुने संभावना रहन्छ। 
स्पष्ट हुनुपर्ने अर्को कुरा के हो भने। स्तन मसाजको फाइदाहरू उल्लेख्य भएता पनि सम्पूर्ण शरीरको मसाजको क्रममा यसलाई समावेस गरिनु हुंदैन। योग्य थेरापिष्ट उपलब्ध नभए सम्म स्तनको मसाज गर्नु फाइदाजनक हुदैन। इन्टरनेसनल सर्टिफिकेट बोर्ड अफ थेराप्युटिक मसाजले मसाज गर्नको निम्ति निश्चित नीति नियमहरू उल्लेख गरेको छ। बोर्डका अनुसार थेरापिष्टले स्तनको मसाज तब मात्र गर्न पाउंछ जब यो कुनै उपचारको क्रममा आवश्यक प्रकृया होस् वा ग्राहकले लिखित रुपमा मञ्जुरीनामा सहित आग्रह गरेको होस्। केही देशहरूमा त स्तन मसाज कानुनी रुपमै पनि बन्देज गरिएको छ। 
अनुभवी मसाज थेरापिष्टलाई ग्राहकले गर्ने यौन सम्बन्धित कृयाकलापबाट कसरी छुटकारा पाउने भन्ने कुराको राम्रो ज्ञान हुने गर्दछ। यदि सामान्य रुपमा भन्दा ग्राहकले नमानेको खन्डमा कडा मिजासमा बोल्ने वा उक्त सेसन नै बन्द गर्नाले ग्राहकहरू नियन्त्रित हुन सक्छन्। कुनै पनि ग्राहकले आफूलाई असहज तरिकाले छोइएको महसुस गरेको खन्डमा स्पष्टसंग आफ्नो कुरा राख्ने हिम्मत गर्नु पर्छ। तर दूर्घटनाबस् छोइएको रहेछ भने वातावरण सहज बनाउन थेरापिष्टले माफी माग्ने र ग्राहकले माफी दिने काम गर्नुपर्छ। 

थप गतिविधि : 
पहिले भनिए जस्तै छुवाई आत्मिय हुने गर्दछ। त्यस किसिमको आत्मियताको निम्ति अनुमति भने ग्राहकको गोप्यता र मसाज थेरापिष्टको व्यवसायीक आचरणमा भर पर्ने कुरा हो। यस क्रममा एउटा सम्बन्ध पनि स्थापित हुन्छ, व्यवसायीक सम्बन्ध भएता पनि एउटा सम्बन्ध स्थापित हुन्छ। उक्त सम्बन्धलाई बुझ्ने र सम्मान गर्ने गर्नाले दुवै पक्षले सहज महसुस गर्न सक्छन्। 
सामान्यतया के विश्वास गरिन्छ भने थेरापिष्ट र ग्राहकको बीचमा कुनै पनि किसिमको व्यक्तिगत सम्बन्ध रहेको हुनु हुदैन। सम्बन्धलाई मसाज टेबल भन्दा बाहिर सामाजिक वा रोमान्टीक ढंगमा लान खोजिएको खन्डमा त्यसले नीतिगत विचलन ल्याउने पक्का छ। तनाव वा शारीरिक अवस्थाको कारण जोखिमपूर्ण स्थितीमा रहेका ग्राहकसंग मसाज थेरापिष्टले फाइदा लिन सक्ने प्रचुर संभावना रहन्छ। त्यो गलत हो। वासिंटनमा त ग्राहकको रुपमा आएको व्यक्तिसंग दुई वर्ष भन्दा अघिको समयमा व्यक्तिगत भेटघाट गर्नु गैरकानुनी मानिन्छ। 

सीमाहरू : 
छोएर उपचार गर्नु परापूर्वकाल देखि चल्दै आएको प्रकृया हो। मसाज थेरापीको फाइदाहरू अनगिन्ती छन् र यसलाई मूलधारको चिकित्सा पद्धतीसंगै लिएर जान सकिन्छ। कसैले पनि कहिले पनि मसाज गर्ने भन्ने कुरासंग अप्ठेरो मान्नु पर्दैन र उनीहरूलाई अप्ठेरो मान्नु पर्ने स्थिती पनि आउंदैन यदि उनीहरू अनुभवी र नीतिगत हिसाबले मसाज गर्ने व्यक्तिको हातमा परे भने। 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here