विद्यार्थीका सम्पूर्ण आन्दोलन फिर्ता, सहुलियत दिइने - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 2, 2012

विद्यार्थीका सम्पूर्ण आन्दोलन फिर्ता, सहुलियत दिइने


jhoomka
मन्त्रिपरिषदको बैठकले औपचारिक निर्णय गर्ने
काठमाडौं, माघ १९ (झुम्का डटकम), प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पेट्रोलियम पदार्थमा सहुलियत दिने प्रतिबद्धता जनाएपछि विद्यार्थीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।


सिंहदरबारमा आज १३ विद्यार्थी संगठन र प्रधानमन्त्रीबीच भएको छलफलमा प्रधानमन्त्रीले विद्यार्थी, विपन्न, गरिबहरुलाई ग्याँस र मट्टितेलमा ३३ प्रतिशत सहुलिय दिने प्रतिबद्धता जनाएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको अखिल क्रान्तिकारीका अध्यक्ष जागृत रायमाझीले जानकारी दिनुभयो ।


त्यस्तै प्रधानमन्त्री भट्टराईले गाँउघरमा किसान र विपन्न वर्गले प्रयोगगर्ने ट्याक्टरमा प्रयोग हुने डिजेलमा पनि ३३ प्रतिशत छुट दिने प्रतिबद्धता जनाएको जानकारी रायमाझीले गराए ।


आज बस्ने मन्त्रिपरिषदको बैठकले विद्यार्थी र प्रधानमन्त्रीबीच भएको उक्त सहमतिलाई औपचारिक निर्णय गर्ने बताइएको छ ।

त्यस्तै रायमाझीले सहुलियत दिने सम्बन्धमा सरकार र विद्यार्थीका तर्फबाट कार्यदल गठन गरिने र कार्यदलले तय गरेको योजना बमोजिम सहुलियत दिइने निर्णय भएको पनि जानकारी गराए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here