काठमाडौं, माघ २२ l कुवेतमा जारी एसीसी यू–१९ महिला क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको खेलमा नेपालले यूएईलाई ६८ रनले पराजित गरेको छ । यस जितसँगै ३ खेलबाट नेपाल ६ अंक बटुली समूहको शीर्ष स्थानमा पुगेको छ ।
आजको खेलमा नेपालले पहिलो ब्याटिङगर्दै २५ ओभरमा ८ विकेटको क्षतिमा १ सय ५८ रनको सम्मानजनक योगफल तयार पारेको थियो । प्रतिउत्तरमा ब्याटिङगर्न उत्रेको यूएईले ९० रनमात्र बनाउन सक्यो ।
यस समूहमा नेपालसहित चीन, मलेसिया, यूएई, थाइल्याण्ड रहेका छन् । तीन खेलबाट ६ अंक जोडेको नेपालको सेमिफाइनल यात्रा लगभग तय भएको छ । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल थाइल्यण्डसँग खेल्नेछ ।
No comments:
Post a Comment