सुनसरीको खनार र इटहरीमा कुखुरामा बर्ड फ्लूको पुष्टि - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 5, 2012

सुनसरीको खनार र इटहरीमा कुखुरामा बर्ड फ्लूको पुष्टि

२२ माघ, काठमाडौं । सुनसरीको खनार र इटहरीमा कुखुरामा बर्ड फ्लू भेटिएको छ । खनार ४ स्थित पाथीभरा पोल्ट्री र्फम र इटहरी ६ बज्राहास्थित पिके पोल्ट्री र्फमका मरेका कुखुरामा बर्ड फ्लूको जिवाणु भेटिएको हो ।
पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा. रामकृष्ण खतिवडाले बेलायतमा गरिएको नुमना परीक्षणमा बर्ड फ्लूको जिवाणु एच वान एन फाइभ भेटिएको हो । बर्ड फ्लू भएको पुष्टि भएपछि दुबै र्फममा रहेका कुखुरा मार्ने र सफा गर्ने अभियान थालिएको हो ।
पाथीभरा पोल्ट्री र्फममा माघ १ गतेदेखि कुखुरा मर्न थालेपछि नमुना परीक्षण गर्न लण्डन पठाइएको थियो । पोल्ट्री र्फमका सञ्चालक बिष्णु पाण्डेका अनुसार कुखुरा सिउर कालो हुने, आँखामा पिप आउने र झोक्राएर मर्ने गरेका छन् । यस्तै इटहरी ६ बज्राहास्थित पिके पोल्ट्री सप्लयार्समा रहेका पाँच हजार भन्दा बढी कुखुरा मरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here