काठमाडौं, माघ २९ l राष्ट्रिय सरकार गठन लगायतको विषयमा समाधान खोज्न बसेको माओवादी स्थायी समिति बैठक विनानिष्कर्ष टुंगिएको छ । बैठकमा प्रधानमन्त्रीले पहिले राजीनामा दिएर सहमतीय सरकारको लागि प्रयत्न गर्नुपर्ने माग उठेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।
पार्टी मूख्यालय पेरिशडाँडा कोटेश्वरमा बसेको आजको बैठकमा वैद्यपक्षधर नेताहरुले पहिले प्रधानमन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्रीको नेतृत्वको विषयमा सोच्न सकिने बताएपछि निष्कर्ष निस्किन नसकेको बताइएको छ । उनीहरुले प्रधानमन्त्रीको राजीनामा पहिलो शर्तपछि मात्रै विकल्प खोजिनु पर्ने बताएको बुझिएको छ । प्रधानमन्त्रीको कुर्सि खाली नभई विकल्प खोज्न नहुनेमा बैद्यपक्षले अडान लिएको बुझिएको छ ।
त्यस्तै बैठकमा केही सदस्यहरुले भने प्रधानमन्त्रीको विकल्प खोजेर मात्रै राजीनामा दिनुपर्ने बताएको बुझिएको छ । त्यस्तै बैठकमा सहमतीय सरकारको निर्माण गर्ने तर त्यसको नेतृत्वको लागि पार्टीले नै दावा गर्ने वैद्यपक्ष नेताहरुले जनाएका छन् । बैठकमा आफ्ना सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर अहिलेकै सरकारलाई निरन्तरता दिने प्रस्ताव समेत आएको जनाइएको छ ।
त्यस्तै आजको बैठकमा माओवादीले सोमबार मनाउन लागेको जनयुद्ध दिवश कार्यक्रम लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।
No comments:
Post a Comment