झापाका तीन ठाउंमा एकैपटक बर्डफ्लु देखिएको पुष्टी भएको छ । काठमाडौंस्थित केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा गरिएको नमुना परीक्षणमा बर्डफ्लुको जिवाणु रहेको पुष्टी भएको हो । पशु सेवा कार्यालय झापाका प्रमुख राधेश्याम मण्डलका अनुसार पाठामारी, अर्जुनधारा र चारपाने गाविसमा बर्डफ्लु देखिएको हो । पशु सेवा कार्यालयले तीनै ठाउं वरपरको पांच सय मिटर क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरेको छ । झापामा बर्डफ्लु भेटिएको यो दोस्रो पटक हो । पूर्वका सुनसरी, इलाम र पांचथरमा पनि बर्डफ्लु संक्रमण भएको पुष्टी भईसकेको छ । सुनसरीका बिभिन्न ठाउँमा कुखुरा मार्ने क्रममा आज इटहरीस्थित पिके पोल्ट्री फर्मका ६ हजार कुखुरा मारिएको छ । कृषकहरुले भने कुखुरा नष्ट गरिंदा परिवारको नै बिचल्ली हुन थालेको भन्दै सरकारसंग क्षतिपूर्तिको माग गरेका छन् ।
No comments:
Post a Comment