भ्यालेन्टाइन हट जोडी–‘सागर र सुष्मा’, सहमत कि असहमत ? - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Feb 12, 2012

demo-image

भ्यालेन्टाइन हट जोडी–‘सागर र सुष्मा’, सहमत कि असहमत ?

Responsive Ads Here
.com/blogger_img_proxy/भ्यालेन्टाइन डेको ‘हट विक’ चलिरहेको सन्र्दभमा वर्ष २०६८ को उत्कृष्ट हट भ्यालेनटाइन जोडी को–को हुन सक्छन् ? उत्तर फरक–फरक आउन सक्छ । प्रणय दिवसको यो प्रणय महिनामा पंक्तिकारले त्यही खोतल्ने प्रयत्न मात्र गरेको छ । तपाईहरु सहमत हुनुहोस् या असहमत तपाईहरुको मर्जी !

अथवा यसरी भनौं पंक्तिकारले जर्वजस्ती एकजोडी व्यक्तिहरुलाई वर्ष २०६८ को उत्कृष्ट ‘हटजोडी’को ताज पहि¥याइदिन लागेको छ । यी एकजोडी ‘एउटै जोडी’ भने होइनन् । छुट्टाछुट्टै एक पुरुष र एक महिलालाई हटजोडीका रुपमा खोज्ने, बनाउने र देखाउने जमर्को मात्रै यहाँ गर्न लागिएको हो ।

को हुन सक्छन् त ‘वर्ष २०६८ हट भ्यालेन्टाइन जोडी ?’ एकपटक गम्भीर बनौं र सोचौं । हट बन्नलाई हट काम गर्नै प¥यो । नेपालमा हट काम गर्ने को–को छन् त वर्ष २०६८ भरी ? प्रश्न गाह्रो छ र जटिल पनि । ‘के’ कुरालाई ‘हट’ मान्ने ? विवादित कुरा गरेर चर्चामा आइरहने राजनीतिज्ञहरुलाई हट भन्ने हो भने राजनीतिमा रुची नराख्नेहरुलाई मन नपर्न सक्छ । तैपनी राष्ट्रपति मरिमेटेर लागेर चर्चामा आएका कोही छन् कि भनेर, कोही नेतागण खोजियो भने खोज्नेकै मूर्खता हो भनिदिन्छन्–सबैले । अब यहाँ हट भनेर ‘छोटो कपडा’ पहिरिनेहरुलाई मात्रै पनि सोच्नु भएन । छोटा कपडा लगाउने मात्रै हट होइनन् नि ! त्यसैले यो ‘हट’ खोज्न बढा मुस्किल प¥यो । अन्तमा वर्ष २०६८ भरी सर्वाधिक चर्चामा रहन सफल महिला–पुरुषको खोजी गरियो र एउटा निष्कर्षमा पुगियो, जुन निष्कर्ष नै यस लेखको कडी हो ।

वर्ष २०६८ मा अत्यधिक चर्चा कमाउन सफल नेपाली राष्ट्रिय टोलीका कप्तान सागर थापा र चलचित्र लुटको अत्यधिक चलेको आइटम नम्बर गीत ‘उध्रेको चोली’की नर्तकी सुष्मा कार्कीलाई एकजोडी बनाएर हट जोडीको ताज पहि¥याई दिंदा कस्तो हुन्छ ? वास्तमा यी दुईजना भन्दा यसवर्ष अत्यधिक चर्चा कमाउन सफल अरु व्यक्ति पनि कोही छ र ?

नेपाली राष्ट्रिय फुटवल टिमका कप्तान सागर थापाले साफ च्याम्पिएनसिपमा बंगलादेश विरुद्ध गरेको निकै मीठो गोल, जुन तत्कालीन समयमा विश्वकै उत्कृष्ट गोलको सुचीमा पर्न सफल भयो । सागरको पहिलो अन्तर्राष्ट्रिय गोलले नै नेपालले बंगलादेशलाई १८ वर्षपछि पराजित गर्न सफल भएको थियो । सागरको उक्त गोलको भिडियो युट्युब र फेसबुकमा समेत अत्यधिक खोजियो । उनी त्यतिबेला ‘वल्र्ड प्लेयर अफ दि विक’को सुचिमा मनोनित समेत भए ।

बंगलादेशका प्रशिक्षक निकोला इलिएभ्स्कीले सागरको उक्त गोललाई ‘एकजुनीमा हुने एकगोल’ भनेर प्रतिक्रिया दिएका थिए । नेपालकै सान राख्न सफल सागरको उक्त गोलले धेरै नेपालीलाई तताएकै हो । विश्वभर छरिएका पूरै नेपालीलाई स्वादिलो गोलको उपहार दिने सागरभन्दा अर्को हट नेपाली पुरुष को हुन सक्छ–वर्ष २०६८ मा ?

अब हट नेपाली लेडीको कुरा गरौं । हट नेपाली लेडीको कुरा गर्दा यसवर्ष चलचित्र लुटको ‘उध्रेको चोली’ गीतकी नर्तकी सुष्मा कार्कीलाई लिंदा कसैलाई आपत्ति नहोला । नेपाली चलचित्रको बजारलाई माथ दिंदै लगभग डेढ करोड कमाउन सफल भएको भनिएको लुट फिल्म जति चल्यो, त्यतिकै मात्रामा ‘उध्रेकी चोली’ चल्यो । हरेक व्यक्तिको मुख–मुखमा झुण्डिएको उक्त गीतलाई धेरैले आफ्नो मोबाइलको रिंगटोन समेत बनाउन कसर बाँकी राखेनन् । गीतको भिडियो समेत उत्तिकै हेरियो, फिल्म नहेर्नेले पनि सो गीत सुने र हेरे । वास्तवमा गीत चल्यो, गीतका कारण भिडियो चल्यो, भिडियो चलेका कारण नर्तकी चर्चित भइन् । तर, नर्तकीकै कारण पनि भिडियो चल्नमा केही भूमिका त खेल्यो होला । हुन त लुटको सबै नै चल्यो । 

एउटै गीतको कारण अत्यधिक खोजिन सफल सुष्मा र उनको नृत्यलाई वर्ष २०६८ को हट मान्दा पनि कसैको चित्त नदुख्ला । त्यतिमात्रै हो र ? मलेसिया गएर त्यही गीतमा नृत्य गर्दा त उनले झन् कति दर्शक, स्रोता र पाठक पाइन्, पाइन् । तर, त्यो देन गीत भन्दा पनि उनको छोटो कपडाको थियो । तर, आखिरमा नाम पाएको त सुष्माले नै हो । अनि यस्ती ‘हट नर्तकी’लाई हट मान्नु आपत्तिजनक कुरा त हुँदै भएन । वर्षभरीकी सबैभन्दा चर्चित महिलामा सुष्मालाई अटाउँदा फरक पर्ला र ?

हो, यदी दुई व्यक्तिलाई यसपालीको हट भ्यालेन्टाइन जोडीभन्दा पनि केही फरक नपर्ला । वास्तबमा दुवै चर्चित भए । एकजनाले देशकै नाम राखे, अर्की ‘सर्वाधिक खोजीने’मा परिन् । गोल दिने र जोवन दिने दुईको मिलन हुँदा बन्दैन त उत्कृष्ट ‘हट भ्यालेन्टाइन जोडी वर्ष–२०६८ ।’

यो कुरालाई मन पराउनुस्, नमनपराउनुस् तपाईको खुशी ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *