काठमाण्डौ, माघ २० । विभिन्न ७ मुलुकका लगि प्रस्तावित गरिएका राजदूतहरुको आज सुनुवाई हुँदैछ । व्यवस्थापिका संसद अन्र्तगत रहेको संसदीय सुनुवाई विशेष समितिले उनीहरुको सुनुवाई गर्न लागेको हो । सरकारले माघ ३ गते रिक्त रहेका विभिन्न १० देशमा नेपाली राजदूत नियुक्तिको लागि प्रस्ताव गरेको थियो ।
यसअघि हिजो विभिन्न ३ देशका प्रस्तावित राजदूतसँग समितिले छलफल गरेको थियो । लामो समयदेखि रिक्त रहेका मुलुकहरुमा राजदूत नियुक्त गर्न ढिलाई भएको भन्दै परराष्ट्र मन्त्रालयले आग्रह गरेपछि व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले हिजोदेखि राजदूतको सुनुवाई शुरु गरेको हो ।
माघ १३ गते नै प्रस्तावित राजदूतको नाम सिफारिस गरिएको भएपनि समावेशी नभएको भन्दै प्रक्रिया अघि बढेको थिएन ।
आज सुनुवाई हुने प्रस्तावित राजदूतको नामावली
नाम देश
रवि मोहन सापकोटा रुस
कमानसिंह लामा कोरिया
मायाकुमारी शर्मा कतार
राममणि पोख्रेल बेल्जियम
प्रल्हाद प्रसाई इजरायल
तरतराज पौडेल पाकिस्तान
पारस घिमिरे म्यान्मार
हिजो सुनुवाई सकिएका प्रस्तावित राजदूत
मक्तिनाथ भट्ट डेनमार्क
रुद्रकुमार नेपाल अष्टेलिया
शंकरदास बैरागी स्वीट्जरल्याण्ड
Post Top Ad
Responsive Ads Here
Feb 3, 2012

७ देशका प्रस्तावित राजदूतको सुनुवाई आज ( लिस्टसहित)
Tags
# समाचार
Share This

About मेराे चाैतारी
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment