समुन्द्री तीरमा , गर्मी छ पीरमा , चराउछु ऊटहरु
हे मेरी पियारी , चिट्ठी नि लेखेछौ , बस्दैछु त्यहि हेरी
मरुभुमी बीचमा , ऊटहरु साथी हुन् ,छैन अरु सहारा
सम्झना बल्झियो , भक्कानो मुटुमा , ज्वारभाटा नै दन्कियो |
गाउघरमै बसेथे , साहुको रीन भारी भो ,चुक्ता गर्नलाई भनी
बाझो भो खेतबारी , लागि गो खडेरी , मैले के गर्नु अनी
खोजेर जागिर ,चाहारे मुलुक , पाइन काहिँ साहारा
निर्णय लिई गए , मुग्लान जानलाई , जुटाउनलाई आहारा |
सपना साचेथे , बिपना सत्रु भो , खानु हण्डर खाई सके
जंगलको बीचमा , ऊट बाख्रा साथमा , पाउनु दु:ख पाइसके
पासपोर्ट नि नदिने , मुदिर रिसाउने ,दिदैन टिकट पनी
रोएरै बसेछु ,म पनि पियारी , फिर्नु कसरी भनि |
गाउघरलाई सम्झन्छु , भक्कानो मुटुमा ,चौविसै घण्टा काममा
हेर्दैन मुदिरले , खान र लाउनमा , नहेर्छ कहिले दाममा
अगाध मायाले , चिरिन्छ छाती यो , बस्नु है प्यारी पर्खी
भोकै नै परे नि ,स्वदेश मै बस्नेछु , आए सी जान्न फर्की ||
डम्बर पौडेल
चानुवा -८ ,धनकुटा
हाल :- कतार
(पुन;प्रकासित –अम्बिका पौडेलको कविता ‘सम्झनाले सताउदालाई उत्तर )

No comments:
Post a Comment