संविधानका विवादित विषयबारे विद्यार्थीहरुबीच जनमत संग्रह - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 10, 2012

संविधानका विवादित विषयबारे विद्यार्थीहरुबीच जनमत संग्रह

jhoomka
  संसदीय व्यवस्था र भौगोलिक संघीयताका पक्षमा बहुमत

काठमाडौं, माघ २७ l शीर्ष राजनीतिक दलहरुका बीचमा नयाँ संविधानमा भावी शासकीय स्वरुप र राज्य पुर्नसंरचना कस्तो हुने भन्ने विषयमा विवाद बढीरहेकै बेला विद्यार्थीहरुले भने जनमत संग्रहमार्फत् दलहरुलाई सहमतिका लागि दबाब दिएका छन् ।

  युवाहरुको क्षेत्रमा क्रियाशील युवा सांसद नामक संस्थाको आयोजना र लोकतन्त्रका लागि पत्रकारिता नेपालको संयोजनमा गरिएको नमूना जनमत संग्रहमा राजधानीका विभिन्न क्याम्पसमा अध्ययनरत १ सय १० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्ण र अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष जागृत रायामाझीले आफ्नो मत व्यक्त गरेर उद्घाटन गरेको जनमत संग्रहमा राज्यको शासकीय स्वरुपमा सन्दर्भमा बहुमत मतदाताले संसदीय पक्ष रोजेका थिए । संसदीय व्यवस्थाका पक्षमा ६० मत,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीका पक्षमा २५ मत र कार्यकारी राष्ट्रपतिय प्रणालीका पक्षमा २२ मत खसेको थियो । २ मत बदर भयो ।

  त्यस्तै जनमत संग्रहमा सहभागी ९८ जना विद्यार्थीले संवैधानिक युवा आयोगको पक्षमा मतदान गरे भने ८६ जनाले युवा अदालत समेत हुनुपर्नेमा मतदान गरेका थिए । दलहरुबीच असहमति बढीरहेका बेला विवादित विषयहरुमा युवा विद्यार्थीहरुले समेत आफ्नो धारणा तय गर्नुपर्ने र दलहरुबीच सहमति नभए जनमत संग्रहमा छिनोफानो गर्नुपर्ने कुरालाई सांकेतिक रुपमा पुष्टि गर्न नमूना जनमत संग्रहको आयोजना गरिएको आयोजक युवा सांसदका संयोजक दिवाकर अर्याल बताउछन् ।

  नमूना जनमत संग्रहमा सहभागी भएका नेपाल विदार्थी संघका अध्यक्ष रञ्जित कर्णले औपचारिक कार्यक्रममा संसदीय प्रणाली बाट नै शान्ति र लोकतन्त्र स्थापित हुने दाबी गरे । उनले पुजारी बिग्रेको आरोप लगाएर मन्दिर भत्काउने तयारी भईरहेको आरोप समेत लगाए । कार्यक्रममा उपस्थित अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायामाझीले भने स्थिर सरकार र विकासका लागि कार्यकारी राष्ट्रपतिको अपरीहार्यता भएको दाबी गरे । नमूना जनमत संग्रहको परिणामका बारेमा सभामुख सहित शीर्ष दलका नेताहरुलाई जानकारी गराउने र संविधानका विवादित विषयको समाधान हुन नसके जनमत संग्रहमा जान आग्रह गरिने लोकतन्त्रका लागि पत्रकारिताका महासचिव नकुल अर्यालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here