फर्केर आउछु प्यारी - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 10, 2012

फर्केर आउछु प्यारी




दिन्छु माया अपार ठानेर , जीबन जीउन पनि 
बिदेशी भुमीमा दिन गनि बसेछु ,भेट होला कहिले भनि 
सम्झेर बिरह चल्दछ मनमा , याद आउने पल पल 
आत्तेस भएर गर्मी झैँ लाग्दछ , पिउछु जल अनि |
मनमा अति छ हृदय साचेको , माया बाधि राख्दछु 
नहोस दुख बिमार भनेर भगवान , देउरानी नि भाक्द्छु 
छोरा छोरी बढ्दैछन भर्खर , हुर्काउनु स्याहार गरि 
बनाउनु अनुसासित हरेक काममा , नैतिक शिक्षा भरि |
आउछु फर्केर प्यारीको मायामा , रचौला सुन्दर घर 
खुशी र हासो लिई बसौला साथमा , नभईकन पर 
हिडौला साथैमा हाट बजार किनमेल , मेलापात जादा पनि 
सबैलाई इर्श्या होस् छिमेकमा कुरा होस् , सुन्दर जोडि भनि |

डम्बर पौडेल
चानुवा -८ , धनकुटा
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here