भाइरसहरु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Feb 4, 2012

demo-image

भाइरसहरु

Responsive Ads Here

लान्छनाका भाइरसहरुले रुघाखोकी लगाउदा पनि खोकीएन प्रिय
हार्टयाट्याक गराउने गरी धोका दिँदा पनि मुटु रोकीएन प्रिय ।

सिकाउने, भड्काउने, बिगार्ने, छुटाउने, कुरा लाउने कति धेरै
तिनैका लहलहैमा पिँजडाको सुगाले जस्तै पाठ घोकीएन प्रिय।

म प्रेममा अन्धो थिँए हाम्रो सामुन्ने अजँगको पहाड थियो
तिमी खुरुक्क मोडियौ म हिँडीरहेँ मलाइ कतै ठोकीएन प्रिय ।

छाती चर्केको देखेर होला, भट्टीले स्वागतका ढोका खोलीदियो
बहाना पाएर, लाचार भएर, हरुवाले झैँ टन्न धोकीएन प्रिय ।

सबैजना स्वच्छन्द छन्, आफ्ना आफ्नै छुट्टै बिचार छन्
तिमीले जस्तो अर्काले बलजफ्ती लादेको बिचार बोकीएन प्रिय ।

                                                 इन्जिनियर राकेश कार्की
                                                 लस् एन्जेलस्



No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *