‘ग्याँस–कब्जा’को सन्देश र संकेत - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 4, 2012

‘ग्याँस–कब्जा’को सन्देश र संकेत


‘ग्याँस–कब्जा’को सन्देश र संकेत
‘हाम्रो टोलमा एक सुत्केरी महिला ग्याँस नपाएर चिउरा–दालमोठ खाएर बसिरहेकी छे ।’ कपन निवासी एकमित्रले सुनाएको पंक्ति हो-यो । अर्को एकमित्रले ग्याँस सकिएर भोकै बस्नुपर्ने अवस्था आएको टिप्पणीसहितको स्टाटस लेखेर फेसबुकमा पोस्ट गरेका थिए–केहीदिन अघि । केहीदिन अघिकै कुरा, एक दैनिक पत्रिकामा ग्याँस अभावको एउटा समाचार थियो । जसमा पत्रकारले एक व्यक्तिलाई सोधेका थिए–तपाई त चिया पिउन यहाँ पो आउनु भएछ ? ति व्यक्तिले आफ्नो अफिसको क्यान्टिनमा ग्याँस सकिएका कारण बाहिर चिया पिउन आउनु परेको गुनासो पत्रकारसामु राखेका थिए र पत्रिकाले सोही कुरा छापेको थियो । ति पत्रकारलाई उत्तर दिने व्यक्ति अरु कोही नभई नेपाल आयल निगम, बबरमहलका एक कर्मचारी थिए ।

राजधानीमा ग्याँस हाहाकार भो–सर्वसाधारणले सडकमैबसी गाडीबाटै ग्याँस सिलिण्डर जफतगरी घरमा लिएर गए । नगरुन् पनि किन ? डिपोमा गयो, ग्याँस नभएको समाचार सुनेर थकित जनता खानकैलागि, बाँच्नकैलागि वर्षोंदेखि थन्किएको ‘स्टोभ’ खोजेर मट्टितेल लिन पसल गए–त्यता पनि मट्टितेल पाए पो ! सधैं हात लागे शून्य हुँदै घरफर्किदै गरेका ‘नयाँनेपालका विचरा–नेपाली जनता’ले आफू बाँच्ने कुनै उपाए नदेखेपछि ज्यानकै जोखिम मोलेर सडकमा हाम फाले, गुडिरहेको गाडीकै अघिल्तिर उभिएर जर्वजस्ती ग्याँस सिलिण्डर कब्जा गरेर घर लगेर सम्भवतः धेरैदिनपछि ‘खुशिसाथ खाना पकाएर खाए ।’

‘मानिस बाँच्नको लागि जे गर्न पनि तयार हुन्छ’–भन्ने भनाईको एक झल्को हो, ग्याँस–कब्जाकाण्ड ! भलै, त्यसमा कसैको प्रत्यक्ष या परोक्ष स्वार्थ लुकेको किन नहोस् । केही समयअघि सुनिएको थियो–(समाचारमा आएको कुरा) कुन्नि कुन देशमा हो, त्यहाँका मानिसले ‘अभावका कारण बाँच्नकालागि बलवानले निर्वललाई मारेर खाएको’ रे ! हो, ग्याँस कब्जाकाण्डको संकेत के हो ? साधारण जनताले स्वतन्त्रपूर्वक, खुशी भएर बाँच्न नपाउने अवस्था आइसकेपछि निम्तिएको गम्भीर घटना होइन, ग्याँस–कब्जाकाण्ड ? यदी यस्तै अभावको सीमा चुलिदैं जाँदा, आज ग्याँस हुदै भोलि चामल, दाल लगायतका अन्नको खडेरी देशमा पर्न थाल्यो भनेको स्थितिको आंकलन कसले गरेको छ ? राजनैतिक अस्थिरताले थिलथिलिएको देश विस्तारै गरिबिको मारमा पिल्छिएको सर्वविदितै छ । ‘व्यक्ति धनी’ होलान्–कोही, तर भएर के गर्नु ? राष्ट्र गरिब हुँदा पेट्रोलियम पदार्थको अभाव भएझै भोलि सम्पूर्ण अत्यावश्यक चिजको अभाव पैदा भयो भने ‘भोकमरी’ को रिजल्ट के हुन्छ ?

एक्काइसौं शताब्दीका नेपाली जनता दैनिक टेलिभिजन र इन्टरनेटहरुमा ‘नासा’ले अन्तरिक्षमा प्रक्षेपण गरेका विमान र मानवको दृश्य हेर्छन्, अध्ययन गर्छन् । मंगलग्रह र चन्द्रमामा मानिसको वस्तीबस्न सक्ने कुराको ज्ञान बटुलेर साथीभाइबीच चर्चा गर्छन् र बेलुकी घर पुगेर ग्याँस–मट्टितेलको अभावमा भोकै मीठो सपनाको उडानमा लीन हुन्छन् । दाउरा त सहरी क्षेत्रमा बाल्न पाइदैन, पाएपनि दाउरा पाइदैन, दाउरा पाइहाले पनि घरपेटीले दिंदैनन्, यदी दिइनै हाले पनि यो त अचाक्ली नै हो नि–एक्काइसौं शताब्दीका हामी, विदेशी जीवनशैलीको चर्चागर्ने अनि आफू चाँही १६ औं–१७ औं शताब्दीतिर फर्किने ?, जंगल जाने ?

ग्याँस–कब्जालाई पंक्तिकारले सर्मथन गर्न खोजेको होइन । त्यस्तो अराजक अवस्थाको सिर्जना कदापी हुनुहँदैन । यो त राष्ट्रकै बेज्जत हो । यसले गलत नजीर पैदा गर्छ । यस्ता घटनाहरुले देशमै दूर्घटना निम्ताउन सक्ने कुरालाई नकार्न सकिन्न । यस्ता घटना समयमै बन्द हुन जरुरी छ । त्यो भन्दा ठूलो कुरा यस्तो घटना घट्ने अवस्थाको नै सिर्जना नहुने विकल्पको खोजी गरिनु अझ बढी जरुरी छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here