काठमाडौं, माघ २७ l जावलाखेल युथ क्बल पोखरामा जारी १० औं आहा गोल्डकप फुटवल प्रतियोगितामा भारतको पुणे एएफसीलाई ४–० गोलअन्तरले पराजितगर्दै फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
जावलाखेलको जितमा कर्ण लिम्बू एक्लैले ४ गोल गरे । कर्णको ह्याट्रिकसँगै पहिलो हाफमा जावलाखेलले ३–० गोल अन्तरले अग्रता बनाउन सफल भएको थियो । कर्णले खेलको ७ औं, २५ औं र २८ औं मिनेटमा गोल गर्दै टिमलाई मध्यान्तरसम्म ३–० अघि बढाएका हुन् ।
कर्णले खेलको दोस्रो हाफको ५० औं मिनेटमा व्यक्तिगत चौथो गोल गरेर टिमलाई फराकिलो जित दिलाउन सफल भए । जावलाखेलले भिडन्त उपाधीका लागि शनिबार मनाङ–मस्र्याङ्दी क्बलको सामना गर्नेछ ।
No comments:
Post a Comment