विश्वको बिग्रदो वातावरणले प्राणीको अस्तित्व संकटमा - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 13, 2012

विश्वको बिग्रदो वातावरणले प्राणीको अस्तित्व संकटमा


विश्वको बिग्रदो वातावरणले प्राणीको अस्तित्व संकटमा

आफूलाई चेतनशील प्राणीको रुपमा विश्व रिर्कडमा दर्ता गरेको मानवले विश्वको वातावरण बिगारेर आँफैलाई पृथ्वीबाट लोप गराउने कदम चाल्दैछ । विश्वले सन् २९७२ को ५ जुनदेखि विश्व वातावरण दिवस मनाउन थालेको छ । आज विश्वले ३९ औं विश्व वातावरण दिवस विभिन्न कार्यक्रमहरुसहित मनाउँदै छ भने नेपालले पनि मनाईरहेको छ । विश्वले वातावरण दिवस औपचारिक रुपमा मात्र मनाउँदै आएको छ । व्यवहारिक रुपमा मनाएको पाइदैन । सभा, सेमिनार र सम्मेलनमा वातावरणको बारेमा भाषण गरेर मात्र विश्व वातावरणको सुधार हुने होइन । विश्वको वातावरण प्रदूषण युक्त भयो भन्ने चिन्ता विश्वका सबै राष्ट्रहरुलाई छ तर प्राकृतिक सुन्दरतालाई संरक्षण गर्ने सोच कसैमा छैन । नेपालका हिमालहरुको हिउँको मात्रा घट्दै गएको छ । विश्व तापमान बढ्दै गएको छ । पानी पर्ने क्रम घट्दो छ । प्राकृतिक सम्पदा हरिया वन जंगल नष्ट हुँदै गएका छन् । औद्योगिक राष्ट्रहरुले विश्व वातावरणमा नकारात्मक प्रभाव बढाउँदै गएका छन् । वातावरणको संरक्षण गरी राख्ने सोचको विकास भएको छैन । विकास गर्ने होडले वातावरण प्रदूषण गर्ने क्रमलाई बढावा दिएको छ । अन्तरिक्षको अनन्तदेखि समुन्द्रको पिंधसम्म मानिसले विवरण गरिसकेको छ । ४ डिसेम्बर २००९ मा डेनमार्कको कोपन हेगनमा विश्व वातावरण प्रदूषण नियन्त्रण गर्ने बारेमा विश्वका राष्ट्रहरुको सम्मेलन भएको थियो । सगरमाथाको वेस क्याम्प कालापत्थर ५५४२ मिटर उचाईमा यस विश्वमा नेपालको मन्त्रीपरिषद्को बैठक पनि बसेको थियो । यो बैठकले नेपालका तर्राई पहाड र हिमालका हरेक क्षेत्रकामा ६,००० वर्ग कि.मि.मा जैविक संरक्षण क्षेत्र तोक्ने निर्ण्र्ा  गरेको थियो ।

पृथ्वीको चारैतिर फिँजिएको हावा, आसपासको प्रत्यक्ष वा अप्रत्यक्ष रुपले प्रभाव पार्ने अवस्था, परिस्थिति आदिलाई वातावरण भनिन्छ । जीवित प्राणीहरुको वातावरण सितको सम्बन्धमा अध्ययन गर्ने विज्ञान वातावरण विज्ञान हो । अनेक रुपात्मक जगतको निर्माण तथा विकास गर्ने र त्यसको मूल रुपमा देखा पर्ने शक्ति संख्यादर्शन अनुसार जगतका उत्पत्तिको कारण रुप मूलतत्व र इश्वरीय लिला, दैवी प्रपञ्च, माया, पृथ्वी, जल तेज, वायु र आकाश यी पञ्च महाभूत, प्रकृतिमा अवस्थित सम्पूर्ण तत्वको समष्टि रुप नै वातावरण हो । यो प्राकृतिक तत्वहरुमा नकारात्मक प्रभाव बढ्दै गएकोले मानव लगायत पृथ्वीमा जति पनि जिवित प्राणीहरु छन् तिनको अस्तित्वमा संकट उत्पन्न हुँदै गएको छ । यसको दोषी मानिस स्वयम् हो । अरु प्राणीबाट वातावरण प्रदूषण गरी आफ्नो अस्तित्व संकटमा पार्ने कार्य भएको छैन ।
यस विषयमा विश्व मानव बेलैमा सचेत नभएमा विश्व मरुभूमिमा परिणत भई यो पृथ्वी जीवित प्राणी विहिन हुने सम्भावना भएकोले वातावरण संरक्षण गर्ने निम्न विषयमा नेपाल मात्र होइन विश्व समुदायले ध्यान दिनु पर्ने कुरा निर्विवाद छ । वन जंगलको संरक्षण, औद्योगिक क्षेत्रबाट हुने प्रदूषण नियन्त्रण, बाढी पहिरो नियन्त्रण, प्राकृति सम्पदाहरुको उचित स्याहार सम्भार आदिमा सबैले ध्यान दिनुपर्ने देखिन्छ ।
By : शिवप्रसाद गौतम

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here