४७ सालको संविधान ब्युँताउन खोजे विद्रोहः दाहाल - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 13, 2012

४७ सालको संविधान ब्युँताउन खोजे विद्रोहः दाहाल


काठमाडौ, फाल्गुन १ - माओवादी अध्यक्ष पुष्पकमल दाहाललले २०४७ सालको संविधान ब्युँताउन खोजे विद्रोह गर्ने चेतावनी दिएका छन् ।
१७ औं जनयुद्ध दिवसको अवसरमा सोमबार राजधानीको खुलामञ्चमा माओवादी जनसभालाई सम्बोधन गर्दै दाहालले विद्रोहको तयार हुन कार्यकर्तालाई निर्देशन दिए । 'हामी शान्ति प्रक्रिया र संविधान निर्माणमा गम्भीर भएका लागेका छौं,' दाहालले भने, 'तर फेरि पनि ०४७ सालको संविधान ब्युँताउन खोजिन्छ भने विद्रोह हुन्छ, त्यसको विकल्प छैन, तपाईंहरु विद्रोहको लागि तयार हुनुहोस् ।'
माओवादीले क्रान्तिको बाटो नछाडेको दाबी गर्दै दाहालले शान्ति र संविधानमा माओवादीलाई झुकाउने षड्यन्त्र भइरहेको उल्लेख गरे । 'जीत जनयुद्धको हो कि जनयुद्धका बैरीहरुको भन्ने टुंगो लागेको छैन, कसले जित्छ भनेर फैसला भएको छैन,' उनले भने ।
दाहालले उपाध्यक्ष मोहन वैद्यले आफूलाई राजनेता नभइ सर्वाहाराको नेता बन्न सुझाव दिनुमा 'आफूप्रतिको चिन्ता' भने । 'हामी २६ वर्षदेखि सँगै छौं, उहाँको चिन्ता मलाई राम्रोसँग थाहा छ,' उनले भने, 'म सर्वाहाराकै नेता हुन चाहन्छु, सर्वाहारा नेता नै साँच्चिकै राजनेता हो ।'
दाहालले माओवादीभित्र वैचारिक संघर्ष चर्किए पनि पार्टी नफुट्ने दाबी गरे । 'क्रान्तिकारीहरुबीच एकता र संघर्ष भइरहन्छन्, हामी सानै पार्टी हुँदा पनि अवसरवादविरुद्ध संघर्ष गरेका थियौं, जनयुद्धमा पनि गम्भीर वैचारिक संघर्ष थियो, जनयद्धमा राम्रो थियो भन्ने होइन, त्यहिबेला पनि पार्टी टुट्ने हो कि भन्ने थियो,' अहिलेसम्म पार्टीमा संघर्ष र एकता हुँदै आएको बताउँदै दाहालले भने, 'माओवादी अरुभन्दा भिन्न हुन्छ, आगोको झिल्को बल्नेगरी संघर्ष गर्छौ तर माओवादी यस्तो पार्टी पनि हो जसले चट्टानजस्तो एकता गर्न सक्छ ।'
१७ औं जनयुद्ध दिवसको अवसरमा खुलामञ्चमा माओवादीले जनसभा गरेको । जनसभामा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ उपाध्यक्ष मोहन वैद्य, कम्युनिष्ट संस्थापक नरबहादुर कर्मचार्यलगायतको उपस्थिति थियो । जनसभामा भाग लिन काठमाडौं उपत्यकासहित वरपरका जिल्लाबाट पनि माओवादी कार्यकर्ता आएका देखिन्थे ।
सर्वाहारा मुक्तिका लागि भन्दै माओवादीले वि.सं. २०५२ साल फागुन १ गते सशस्त्र जनयुद्ध सुरु गरेको थियो । सशस्त्र जनयुद्ध सुरु भएको सम्झनामा माओवादीले वर्षेनि देशभर कार्यक्रम गर्दै आएको छ ।
माओवादी केन्द्रमा भएको विवादले जनयुद्ध दिवसमा पनि प्रभाव पारेको छ । जनयुद्ध दिवसको अवसरमा राजधानीमा भएको जनसभामा उपस्थिति कम देखियो । 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here