‘२–३ करोडै कमाउला जस्तो देखिन्छ’
काठमाडौं, माघ १९ (झुम्का डटकम), नवनिर्देशक दिनेश राउतले निर्देशन गरेको फिल्म आइ एम सरी यही माघ २७ गतेबाट ‘अलनेपाल’ (५० स्थानबाट) रिलिज हुँदैछ । यसअघि ‘मेरो एउटा साथी छ’ निर्देशन गरेका राउतले फिल्म आइ एम सरीमा लगभग १ करोड खर्च भएको दाबी गरे ।
फिल्ममा नायक आर्यन सिग्देल, नायिका केकी अधिकारी, श्याम अर्याल, नीता ढुंगाना, विएस राणा लगायतको मूख्य अभिनय रहेको छ ।फिल्ममा तपाईको कस्तो भूमिका छ ? भन्ने झुम्काको प्रश्नमा केकीले यस फिल्ममा आफूले फरक भूमिका निर्वाह गरेको बताइन् ।
केकीले आफूले आइ एम सरीमा एक कर्पोरेट हाउसकी बिजनेस गर्लको भूमिका निर्वाह गरेको बताउँदै भनिन्–“एउटा सम्पन्न लाईफ बाँचिरहेकी केटी, जो नर्मल लाइफ अनुभव गर्न, फरक हुन विजनेसहरु छोडेर घरबाट हिडेकी केटीको भूमिका निर्वाह गरेको छु ।”
केकीले टिनएर्जसहरुमा हुने नर्मल लाइफको अनुभुति गर्न घरबार छोडेर हिड्ने सम्पन्न केटीको अभिनय आइ एम सरीमा निर्वाह गरेको बताइन् । उनले आइ एम सरी व्यूटीफूल लभस्टोरी फिल्म भएको तर्क गरिन् ।पारिश्रमिक कति लिनुभयो ? भन्ने प्रश्नमा केकीले आफूले यसबाट राम्रो पारिश्रमिक लिएको दाबी गरिन् ।
फिल्ममा एउटा विजनेस गर्लले आफ्नो घरपरिवार र सम्पत्ति छोडेर हिडेपछि ट्याक्सी ड्राइभर (आर्यन सिग्देल)लाई भेटेपछि उसको प्रेममापर्ने कथा बुनिएको भनाई फिल्मका निर्देशक राउतको छ । उनले झुम्कासँग भने–एउटा रिच कर्पोरेट हाउसकी छोरी भौतिक सुख–सुविधा छोडेर हिडेपछि ट्याक्सी ड्राइभरसँगको प्रेमका कारण उत्पन्न हुने आरोह–अवरोहलाई यसमा समेटिएको छ ।’
लगानी उठ्नेमा कत्तिको ढुक्क हुनुहन्छ ? भन्ने प्रश्नमा निर्देशक राउतले साथीभाइको राम्रो रेस्पोन्स र मिडियाको कारण फिल्मले सफलता पाउने कुरामा ढुक्क भएको बताए । उनले भने–“पछिल्लो पटक फिल्मप्रति बढेको माहोल, विदेशमा बिल्डअफ भएको मार्केट हेर्दा २–३ करोड नै कमाउला जस्तो लाग्छ ।”
उनले फिल्मले लगानी मात्र उठाउने नभई फिल्मले प्रशस्त फाइदा उठाउने दाबी गरे । उनले आफूहरुको फिल्म प्रदर्शन हुने सातामा कुनै अन्य फिल्म रिलिज नहुने भन्दै त्यसको फाइदा पनि आइ एम सरीलाई पुग्ने बताए ।
नवनिर्देशक राउतले निर्देशन गरेको फिल्म आइ एम सरी कस्तो बनेको छ, त्यो त प्रदर्शनपछि नै थाहा हुनेछ । त्यतिमात्रै होइन, कलाकारहरुको काम, प्राविधिक कुराको लेखाजोखा पनि फिल्मको प्रदर्शनपछि दर्शकहरुमाझ आउने नै छ ।
No comments:
Post a Comment