भारतलाई प्रमको सिधा फोन
काठमाडौं माघ १९ (झुम्का डटकम), पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरुद्धमा उत्रेका १३ विद्यार्थी संगठन र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच अहिले छलफल भइरहेको छ । प्रधानमन्त्री भट्टराईले विद्यार्थी संगठनलाई वार्तामा आब्हान गरेपछि अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वार्ता जारी रहेको बताइएको छ ।
यसैबीच प्रधानमन्त्री भट्टराईले इन्धन आपूर्ति सहज गरिदिन भारतलाई फोन मार्फत आग्रह गरेको बुझिएको छ । प्रधानमन्त्री भट्टराईले आफूले भारतलाई फोन गरेर इन्धन सहज बनाइदिन आग्रह गरेको जानकारी ग्याँस विक्रेताहरुसँगको छलफलमा दिएको बताइएको छ । भारतले पनि पेट्रोलियम पदार्थको सहज आपूर्तिको वचन दिएको बताइएको छ ।
ग्याँस विक्रेता र सरकार तथा सरोकारवालाहरुसँग आज भएको संयुक्त बैठकमा प्रधानमन्त्रीले ग्याँस विक्रिवितरणमा सुरक्षा दिने प्रतिबद्धता जनाएको बैठकका सहभागीहरुले जानकारी दिए ।
यसैबीच आज पनि सर्वसाधारणले ठाउँठाउँमा सडकबाटै ग्याँस सिलिण्डर कब्जामा लिने प्रयास गरेका थिए ।
No comments:
Post a Comment