काठमाडौं, माघ २९ l मधेसी जनअधिकार फोरम नेपाल सर्लाही क्षेत्र नं ६ बाट प्रत्यक्ष निर्वाचित सभासद् शिवपुजन राय यादवले हातहतियार तथा खरखजना मुद्दामा परेकाहरुले चढेको चारवटा मोटरसाइकल लिएर फिर्ता नगरेको खुलासा भएको छ ।
चार वर्षअघि जिम्मामा लिएर पछि प्रशासनले पटक पटक फिर्ता गर्न आग्रह गर्दा पनि फिर्ता नगरेको बुझिएको छ । २०६४ बैशाख ३१ गते हतियारसहित पक्राउ परेका सर्लाही बरथवाका दिपक लामा, शकंरपुरका दिपक लामा, चन्द्रबहादुर घिसिङ, बरथवा ७ बस्ने दुर्गा लामा, निर्मल लामा, सुकमान लामाले चढेको मोटरसाइकलहरु सभासद् रायले २०६८ जेठ १३ गते जिम्मा लिनुभएको थियो ।
रायले बा ८ प ५६१५ नम्बरको आर एक्स, ना २ प ४२५२, ना २ प ४८२४ र ज १ प ४६१३ नम्बरको मोटसाइकल पटकपटक आग्रह गर्दा पनि फिर्ता नगरेको प्रहरीले जनाएको छ । त्यतिखेरको समयमा जिम्मेवार व्यक्ति मानेर नियमअनुसार जिम्मामा छाडिएको भएपनि अहिले बारम्बार फिर्ता गर्न आग्रह गर्दा पनि फिर्ता नभएको र मुद्दा प्रशासनमा पठाइ सकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
No comments:
Post a Comment