सभाषद् रानाले आफू निर्दोष भएको प्रमाण पेश गर्ने - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 2, 2012

सभाषद् रानाले आफू निर्दोष भएको प्रमाण पेश गर्ने


jhoomka

काठमाण्डौ, माघ १९ l कुटनीतिक पासपोर्ट दुरुपयोग गरेको आरोप लागेका एमालेका सभाषद नारदमुनि रानाले नाले आफू यो प्रकरणमा निर्दोष रहेको जीकिर गर्दै आज सभामुखलाई प्रमाण पेश गर्ने बताएका छन् । आफूले लिँदै नलिएको पासपोर्टको बारेमा आफूलाई कपोलकल्पीत आरोप लगाएको दाबी गर्दै उनले आज व्यवस्थापिका संसदका सभामुख सुवास नेम्वाङ्ग समक्ष आफू निर्दोष रहेको प्रमाण पेश गर्ने तयारी गरिरहेका हुन् ।

कुटनीतिक पासपोर्ट दुरुप्योग गरेको आरोपमा सभाषद् रानालाई प्रहरीले गएको असारमा पक्रेको थियो । उनी धरौटीमा रिहा भएका छन् । प्रहरीका डिआईजी राजेन्द्र सिंह भण्डारीले आफूलाई आफू फसाएको आरोप लगाएका छन् । संसद सचिवालयका कर्मचारीले आफ्नो नाममा पासपोर्ट जारी गरेको र प्रहरीले आफूलाई नियतबस पक्राउ गरी पासपोर्ट दुरुपयोग गरेको आरोप लगाएको सभाषद् रानाको भनाई छ ।

एमालेले कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका सभासद् नारदमुनि रानालाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिसकेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here