फर्कि आउनु छिट्टै - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 2, 2012

फर्कि आउनु छिट्टै


बिहे भएको महिना दिनमा , जानु भयो विदेश
रोजगारी नै थिएन कि , छोड्नु पर्ने स्वदेश
रुछु सधैँ भक्कानो छोडेर
खेतबारीमा फलफुल गोडेर |

महिना दिनमा फोन आउछ , पहाडको गाउमा
दुख धेरै हुन्छ अरे , अरबको ठाउमा
सम्झनाले ब्याकुल भएर
बस्छु सधैँ बेदना गीत गएर |

फर्कि आउने कहिले होला , माया साचि बाचे
देउराली र मठ मन्दिरमा , सबै भाकल भाके
दिन रात सम्झना आउने
फोन आउला कि टेलिफोन धाउने |

सक्दिन म एक्लै बस्न , फर्कि आउनु छिट्टै
नहोस बरु धन सम्पति , खाउला भ्याकुर गिठ्ठै
मेरो हजुर बिन्ति म बिसाउछु
आउनु छिट्टै नत्र म रिसाउछु |

डम्बर पौडेल
चानुवा -८ धनकुटा
हाल ;- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here