महासंघको बैंकक बैठक भोलीदेखि - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 12, 2012

महासंघको बैंकक बैठक भोलीदेखि

jhoomkaकाठमाडौं,माघ २९ l नेपाल उद्योग वाणिज्य महासंघको बैंकक बैठक भोलीबाट थाइल्याण्डको राजधानी बैंककमा सुरु हुने भएको छ । बैंकक बैठकको सम्पुर्ण तयारी पुरा भएको महासंघका उपाध्यक्ष पशुपती मुरारकाले झुम्का डटकमलाई जानकारी दिए । बैंककमा बैठकको लागि महासंघको टोली भोली बैंकक तर्फ प्रस्थान गर्ने कार्यक्रम छ । बैंकक बसाईको क्रममा महासंघको टोलीले लगानीका विभिन्न पक्षको बारेमा त्यहाँ छलफल गर्ने छ । महासंघको टोली बैंकक भ्रमणमा राजनीतिक र व्यवसायीसँग भेट गर्ने कार्यक्रम छ । 
महासंघको बैंकक बैठकमा निवर्तमान अध्यक्ष कुशकुमार जोशी पक्ष भने सहभागी नहुने भएको छ । यसलाई व्यवसायीहरुले महासंघमा देखिएको गुट राजनीतिको सज्ञा दिएका छन् । यसअघि जोशी अध्यक्ष हँुदा वर्तमान अध्यक्ष सुरज वैद्य पक्षले मलेसियामा भएको यस्तै बैठक बहिष्कार गरेको थियो । जोशी पक्षका एक सदस्यले देशको प्रतिकुल अवस्थामा बैंककमा हुने बैठकको कुनै अर्थ नभएको प्रतिक्रिया दिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here