प्रेम - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Feb 13, 2012

demo-image

प्रेम

Responsive Ads Here

युवतीहरू पुरुषमा के खोज्छन् ?

.com/blogger_img_proxy/
कुनै पनि युवतीले कुनै पुरुषमा के मन पराउँछिन् ? यो प्रश्नले पुरुषको मनलाई प्रायः चिन्तित तुल्याउँछ। एउटा सानो प्रयासले सम्भवत पुरुषको यो प्रश्नलाई केही टेवा पुग्नेछ। वास्तवमा एउटी युवतीले पुरुषहरूबाट आखिर के खोज्छिन् ? 

युवतीहरू परफेक्ट पुरुष चाहन्छन् जसमा सकेजति विशेषता होस्।
उनीहरूलाई यस्ता पुरुष मन पर्छन् जोसँग उनीहरू आफूलाई सुरक्षित अनुभव गरून्, साथै उक्त पुरुष बुद्धिमान् र जिम्मेवार पनि होस्। 
कुरा गर्दा रोमान्टिक हुन र आफ्नो सम्बन्धलाई भावुक र परिपक्व ढंगले निर्वाह गर्न सकोस्।
यी सबै विशेषतासँगै ह्यान्डसम र गाँठ पनि भयो भने त कुरै अर्कै भयो। 
तर यी सबै कुराभन्दा पनि आवश्यक हुन्छ- इमान्दारी। पुरुषहरू इमान्दर हुनु अति आवश्यक छ।
अब प्रश्न उठ्छ, के यी सबै विशेषता एउटै पुरुषमा पाइन्छ ? अवश्य पनि धेरै जटिल हुन्छ। कुनै पुरुष भावुक र समझदार छ भने ऊ रोमान्टिक हुनु आवश्यक छैन, यदि कोही रोमान्टिक छ भने ऊ इमान्दार नहुन सक्छ, यदि जिम्मेवार छ भने पैसा नहुन सक्छ यदि पैसा छ भने उ ह्यान्डसम नहुन सक्छ। यस्तोमा युवतीहरूलाई के समस्या हुन्छ भने उनीहरूले आफ्ना लागि सही पुरुष कसरी प्राप्त गर्ने र पुरुषहरू पनि यही सोच्छन् कि वास्तवमा युवतीहरूले एउटा पुरुषमा के खोज्छन् ?

विभिन्न अनुसन्धानले के देखाएका छन् भने दक्षिण एसियाका युवतीहरूलाई क्लिन शेभ्ड युवकको तुलनामा अलिकति दार्‍ही भएका पुरुष सेक्सी लाग्छन्। यसको पछाडि मुख्य कारण के हो भने हल्का दार्‍ही परिपक्वताको सूचक हो। महिलाहरू यस्ता पुरुषलाई परिपक्व सम्झेर उनीहरूप्रति आकषिर्त हुन्छन्। 

यतिमात्र होइन, दक्षिण एसियामा क्लिन शेभ्ड वा पूरै दार्‍ही भएको पुरुषको तुलनामा युवतीहरू हल्का दार्‍ही भएकै पुरुषहरूमा आफ्नो प्रेम खोज्न मन पराउँछन्। धैर्यवान् र रोमान्टिक पुरुषहरूलाई पनि युवतीहरूले धेरै मन पराउँछन्। यदि कुनै युवकले सधंै खेलकुद वा राजनीतिको मात्र कुरा गरिरह्यो भने युवतीहरूले उनीहरूलाई मन पराउँदैनन्, बरु रोमान्टिक कुरा गर्ने पुरुषलाई मन पराउँछन्। किनभने त्यस्ता पुरुषबाट युवतीहरू प्रेमको अनुभूति गर्न थाल्छन् र त्यही पुरुषमा आफ्नो जीवनसाथी खोज्छन्। 

जिस्किने, चल्ने बानी पनि एउटा क्वालिटी हो, जसलाई युवतीहरूले पुरुषमा खोज्छन् सिरियस प्रकृतिका पुरुषहरू अलि बोरिङखालका हुन्छन्। यस्तोमा जिस्किने, चल्ने स्वभावका पुरुषहरू उनीहरूलाई धेरै मन पर्न सक्छन्। युवतीहरू पुरुषहरूले आफ्नो करियरलाई कति महत्त्व दिन्छन् भन्ने कुरा पनि हेर्छन्। उनीहरू सफलता र जिन्दगीमा केही गर्ने चाहना भएका पुरुषहरूलाई प्राथमिकता दिन्छन्।

खुला विचार भएका पुरुषहरू युवतीहरूको रोजाइमा हुन्छन्। संकुचित सोच हुने पुरुषहरूबाट युवतीहरू टाढै रहन चाहन्छन्। पुरुषहरूमा म्यानर कति हुन्छ ? उनीहरूले युवतीहरूलाई कति इज्जत गर्छन् ? यसमा पनि युवतीहरूको सोच निर्भर रहन्छ।

उनीहरूलाई भद्र भलादमी पुरुष मन पर्छन्, जसले उनीहरूको इज्जत गरून् र हेरविचार पुर्‍याउन।

युवकहरूको एउटा अर्को विशेषता पनि युवतीहरूलाई मन पर्छ। त्यो हो- अरूबाट अलग स्टाइल, जुन सबैभन्दा भिन्न होस्।

पुरुषमा हुने आत्मविश्वासले पनि युवतीहरूलाई आकषिर्त गर्छ।

विवाह र सम्बन्धमा पुरुषहरूको गम्भीरता पनि युवतीहरूले खोज्ने विषय हो। 

युवतीहरूले पुरुषमा एउटा अर्को पनि विशेषता खोज्छन्, त्यो के भने पुरुषहरू कति संवेदनशील, मित्रवत् र सहयोगी हुन्छन्। 

पुरुषहरूमा जोस-जाँगर कति छ  उनीहरू कति दयालु छन् भन्ने कुरामा पनि युवतीहरूको चासो हुन्छ। उनीहरू चाहन्छन्- पुरुषले उनीहरूलाई माया गरुन्, प्रशंसा गरुन् र सरप्राइज पनि दिऊन्।

उपहार पनि युवतीहरूलाई धेरै मन पर्छ। उपहार नदिने पुरुषलाई उनीहरू त्यति मन पराउँदैनन्। 

पुरुषहरूले उनीहरूमाथि कति पैसा खर्च गर्छन्, त्यसबाट उनीहरूले आफ्नो साथी आफ्नो सम्बन्धलाई लिएर कति गम्भीर छ अनुमान गर्छन्।

युवतीहरू के पनि हेर्छन् भन्ने पुरुषहरूप्रति उनीहरू कति निर्भर हुनुपर्छ, त्यसैले उनीहरूलाई आर्थिक रूपमा सक्षम पुरुष मन पर्छन्। 

युवतीहरू बोरिङ प्रकारका पुरुषबाट टाढै बस्न मन पराउँछन्, अर्थात पुरुष गम्भीर होस् तर बोर नहोस्, रोमान्टिक होस् तर सस्तो खालको नहोस्, जिस्किने होस् तर अपरिपक्व सोच भएको नहोस्। 

सबैको सार यही हो कि युवतीहरूले पुरुषमा यिनै आधारभूत कुरा खोज्छन्, जस्तो कि पुरुषहरू आफ्नो सम्बन्धलाई इमान्दारीपूर्वक निर्वाह गर्ने होस, युवतीहरूलाई इज्जत गरोस्, परिपक्व र खुल्ला विचारको होस्, निजी जीवनमा जति रोमान्टिक, जिस्किने भए पनि व्यावसायिक जीवनमा त्यति नै गम्भिर र सफल होस्।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *