प्रस्तावित राजदूतहरुको सुनुवाई हुँदै - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 2, 2012

प्रस्तावित राजदूतहरुको सुनुवाई हुँदै

(प्रस्तावित नाम र देशको लिष्ट सहित)

काठमाण्डौ, माघ १९  , विभिन्न १० मुलुकमा रिक्त रहेका प्रस्तावित राजदूतहरुको सुनुवाई अहिले जारी छ । संसदीय सुनुवाई विशेष समिति बैठकमा प्रस्तावित राजदूतहरुको सुनुवाई संसद सचिवालयमा भइरहेको बताइएको छ ।

लामो समयदेखि रिक्त रहेका मुलुकहरुमा राजदूत नियुक्त गर्न ढिलाई भएको भन्दै परराष्ट्र मन्त्रालयले आग्रह गरेपछि व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले राजदूतको सुनुवाई गरिरहेको हो ।

माघ १३ गते नै प्रस्तावित राजदूतको नाम सिफारिस गरिएको भएपनि समावेशी नभएको भन्दै प्रक्रिया अघि बढेको थिएन । 

राजदूतकालागि प्रस्तावित नामहरु:

नाम देश
रवि मोहन सापकोटा रुस
कमानसिंह लामा कोरिया
मायाकुमारी शर्मा कतार
राममणि पोख्रेल बेल्जियम
प्रल्हाद प्रसाई इजरायल
शंकरदास बैरागी डेनमार्क
रुद्रकुमार नेपाल अष्टेलिया
तरतराज पौडेल पाकिस्तान
पारस घिमिरे म्यान्मार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here