क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कूल बसलाई कारवाही - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 13, 2012

क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कूल बसलाई कारवाही

 क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कूल बसलाई कारवाही
ट्राफिक प्रहरीले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कूल बसलाई कारवाही सुरु गरेको छ । आजदेखि सुरु भएको कारवाहीमा उपत्यकाका तीनै जिल्लामा १ सय ५० भन्दा बढी विद्यालय बस कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने, बसको भौतिक अवस्थालगायतका विषय हेरी कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । आज मात्रै प्रहरीले स्कुल समयमा उपत्यकाका ४० भन्दा बढी स्थानमा चेकिङ गरेको ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुले जानकारी दिनुभयो । कारबाहीमा परेको बसलाई न्यूनतम एक हजार रुपैयाँ जरिवाना गर्ने महाशाखाले जनाएको छ । कारवाहीको क्रममा ३० सिट क्षमता भएको बसमा ६५ जनासम्म राखेको पाइएको थियो । प्रहरीले यो अभियानलाई निरन्तरता दिने जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here