काठमाडौं l बलिउडका कलाकारहरु नेपाल भ्रमण गर्ने भए भने त्यसको समाचारले सबैभन्दा धेरै प्राथमिकता पाउँछ । एउटा यस्तै समाचार भारतीय सञ्चारमाध्यमहरुमा व्यापकता पाएको छ । बलिउडका सुपरस्टार शाहरुख खान र नायिका प्रियंका चोपडाले गोप्य रुपमा नेपाल भ्रमण गर्ने हल्ला चलेको छ । डिसि नेपाल अनलाइनले अपलोट गरेको समाचार अनुसार भारतको हिन्दी पत्रिका नवभारत टाइम्सले शाहरुख र प्रियंकाले गोप्य रुपमा नेपाल भ्रमण लागेको वारे भारतमा हल्ला चलेको जनाएको छ ।
नवभारत टाइम्सका अनुसार प्रिंयका र शाहरुखवीचको अफेयरको चर्चाले बलिउडमा हंगामा मच्चिएको छ । उनीहरु दुईजनाबीचको बढदो नीकटताले शाहरुखकी श्रीमती गौर खान पनि चिन्तित बनेकी छन् । बर्लिनमा ‘डन २’ को प्रिमियर शोको पत्रकार सम्मेलनमा एक नेपाली पत्रकारले प्रियंकालाई नेपाल भ्रमणबारे प्रश्न गरेपछि घटना झनै सतहमा आएको हो । उनले सोधे–‘तपाई र शाहरुख खानले नेपाल भ्रमणको योजना बनाउनु भएको छ भन्ने मैले सुनें । के यो सत्य हो ? पत्रकारको प्रश्नबाट प्रियंका चकित भएको समाचारमा उल्लेख छ । प्रियकाले नेपाल सम्झिदा आफुलाई बाल्यकालका रमाइला दिनहरु इाद आउने गरेको बताइन् । प्रश्नको जवाफमा उनले नेपाल आउने हल्लालाई न त स्वीकार गरिन न त त्यसको खण्डन नै गरिन । शाहरुख खान एक कार्यक्रमका लागि राजधानी काठमाडौं आउन लागेको र प्रियंका पनि उनीसँगै आउन लागेको बलिउडमा हल्ला चलेको समाचारमा उल्लेख छ ।
No comments:
Post a Comment