सफलताका लागि अहंको त्याग - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 3, 2012

सफलताका लागि अहंको त्याग


                                                                                                                                            आर. मानन्धर
 
सबै धर्मले अहङ्कारलाई आध्यात्मिक उन्नतिको बाधक मानेका छन! । व्यावसायिक सफलताका विज्ञहरूले भौतिक सफलताका लागि पनि अहङ्कारलाई उत्तिकै बाधकका रूपमा मानेका छन! । आफूलाई महत्व दिएर अरूको मन जित्न सकिादैन । अरूको मन जित्ने हो र अरूबाट काम लिने हो भने अरूलाई नै महत्व दिनुपर्छ । अहंभावले न अरूमाथि प्रभाव पार्न सकिन्छ न अरूलाई केही कुरा मनाउन नै सकिन्छ ।
धर्ममा भनेजस्तै अहंशून्यता वा अहंलाई चटक्कै त्याग गर्ने काम सजिलो नहुनसक्छ । दैनिक जीवनमा व्यवहारका लागि एडवार्ड दि बोनोले एउटा शब्द चयन गर्नुभएको छ - अहंको छुट्टी ९भनय जयष्मिबथ० । अर्थात! तपाईं अहंशून्य हुनसक्नुहुन्न भने विशेष अवस्थामा अहंलाई निश्चित समयको लागि छुट्टी दिनसकिन्छ । नाटकमा यसको प्रयोग हुन्छ । एक धनाध्य मानिसले पनि नाटक वा चलचित्रमा नोकर वा भिखारीको जीवन्त अभिनय गर्नसक्छ । त्यसै गरी गरिब मानिसले पनि नाटकमा करोडपतिको अभिनय गर्नसक्छ । ती अभिनयमा उनीहरूले आˆनो अहंलाई पात्रको आवश्यकता अनुसार त्याग गर्नसके मात्रै उनीहरूले सफलता हासिल गर्नसक्छन! । त्यसै गरी जीवनमा अहङ्कारलाई जति कम प्रवेश दिइयो, त्यति नै बढी सफल हुने हो ।
अहङ्कार त्याग नगर्दा निम्नलिखित बेफाइदाहरू हुन्छन! ः
v साथीहरू कम बन्छन! । भएका साथीहरूले पनि तपाईंलाई मनपराउने छैनन! ।
v नातेदारहरूसाग सम्बन्ध राम्रो हुनसक्दैन ।
v परिवारभित्रै पनि तपाईं पि्रय बन्नसक्नुहुन्न ।
v व्यवसायमा सफल हुन गाह्रो पर्छ ।
त्यसैले तपाईं साथीहरू बनाउन चाहनुहुन्छ, नातेदार र परिवारका सदस्यबीच पि्रय बन्न चाहनुहुन्छ र व्यवसायमा सफल बन्न चाहनुहुन्छ भने अहङ्कारलाई ब्दिा दिनु आवश्यक छ ।
अहङ्काररहित व्यवहार भनेको तपाईंले आफूले चाहेको व्यवहारभन्दा अरूले चाहेको व्यवहार गर्नु हो । मानिसहरू केमा सबैभन्दा बढी रुचि राख्छन! ? यसको उत्तर बुझेर व्यवहार गर्नसकियो भने तपाईं अरूको मन जित्नसक्नुहुन्छ ।
मानिसहरू सबैभन्दा बढी आफैामा रुचि राख्छन! । सबै मानिसजस्तै तपाईं पनि आफैामा बढी रुचि राख्नुहुन्छ । अर्थात! तपाईं आˆनै कुरा गर्न मनपराउनहुन्छ । अरू मानिस पनि आफैामा रुचि राख्छन! । उनीहरू तपाईंप्रति रुचि राख्दैनन! । त्यसैले तपाईं आˆनै मात्र कुरा गर्नुहुन्छ भने तपाईं कुरा गरिरहनुभएको व्यक्तिले तपाईंको कुरा पक्कै पनि मन पराउने छैन । उनलाई आˆनो कुरा गर्न दिनुहोस!, उनको कुरामा रुचि राख्नुहोस!, उनलाई मनपर्ने विषयमा कुरा गर्नुहोस!, उनले तपाईंलाई मनपराउनेछ ।
अहंको त्याग तपाईंको बोलीमा देखिनुपर्छ । बोलीमा अहं झल्किने शब्द हुन! - 'म', 'मेरो', 'मलाई' । यी शब्दले तपाईं आफैामा रुचि राख्नुहुन्छ भन्ने कुरा जनाउाछ । 'म', 'मेरो', 'मलाई' शब्दको ठाउामा 'तपाईं' शब्द बढी प्रयोग गर्नुहोस! ।
कुरा गर्दा आफूलाई भन्दा बढी अरूलाई महìव दिनुहोस! । अरूको कुरा रुचिपूर्वक सुन्नुहोस! । रुचिपूर्वक सुन्नु भनेको उनको प्रत्येक शब्दलाई सुन्नु हो । केवल कानले होइन, तपाईंको सम्पूर्ण शरीरले उनको कुरा सुनिरहेको होस! । यसको अर्थ हो तपाईंको हेराइ, बसाइ र हाउभाउले समेत उनको कुरामा रुचि लिएको झल्कियोस! । तपाईंको हेराइ बेलाबेलामा बोलिरहेको मानिसभन्दा अन्यत्र जान्छ भने उनलाई तपाईंसाग कुरा गर्नमा मजा लाग्ने छैन ।
अरूले बोल्दै गर्दा बीचैमा आफूले बोल्न नथाल्नुहोस! । अरूले रुचिपूर्वक बोल्दै गरेको विषय अनायाश नबल्दनुहोस! । तपाईंले बोलिरहादा कसैले यस्तो गर्‍यो भनेे सायद तपाईंलाई पनि मन नपर्ला ।
आफूले भन्नुपर्ने कुरा छोटोमा तर स्पष्टसित भन्नुहोस! । तपाईंको कुरा लामो होइन, वजनदार हुनु आवश्यक छ । आफूले बोल्न सक्याएर अरूलाई बोल्ने मौका दिनुहोस! । धेरै मानिस आफैा मात्र बोलिरहन चाहन्छन! । आफू मात्र बोलिरहनु पनि अहंपनकै फल हो । यसले तपाईंको महìव बढेको जस्तो तपाईंलाई लाग्ला तर अनावश्यक रूपमा लामो बोलिरहनाले तपाईंको महìव घट!छ मात्र ।
प्रश्न गर्नुहोस! तर अरूले बोलिरहेको कुरालाई चुनौती दिने खालको होइन । उनको कुरालाई अझ राम्रोसित स्पष्ट पार्न मद्दत गर्ने खालका प्रश्न गर्नुहोस! । यसले तपाईंसित कुरा गरिरहेका व्यक्तिले उनको कुरालाई महìव दिएको बुझ!छ । चुनौती दिने खालका प्रश्न गर्नुपर्ने अवस्था पनि आउनसक्छ तर सुरुमा त्यस्ता प्रश्नले विवाद मात्र जन्माउाछ ।
एकभन्दा बढी व्यक्तिसित हुनुहुन्छ भने सबैलाई बराबर महìव दिनुहोस! । कोही तपाईंको नजिकको भए पनि एक जनालाई मात्र बढी ध्यान दिने खालको व्यवहार नगर्नुहोस! । सबैलाई बराबर महìव दिएर कुरा गर्दा तपाईं सबैको पि्रय हुनसक्नुहुनेछ ।
अरूसित सहमत हुनुहोस! । तपाईं पनि आफूसाग सहमत हुने मानिस नै मन पराउनुहुन्छ । अरू पनि त्यस्तै मानिस मनपराउाछन! । तपाईं आफूलाई धेरै मानिसले मन पराएको हेर्न चाहनुहुन्छ भने धेरैभन्दा धेरैसित सहमत हुन सिक्नुहोस! । वास्तवमा हामी अरूसित असहमत छौा भनेर देखाउन चाहनु पनि अहङ्कारकै खेल हो । हामीले खोजेमा अरूका धेरै कुरामा सहमत हुनसक्ने बुादा फेला पर्छन! तर हाम्रो अहङ्कारले अरूको कुरामा असहमतिका बुादा मात्र खोज्छ । अरूसित सहमति जनाउनसक्ने बुादामा आफू सहमत छु भन्ने कुरा अरूलाई स्पष्ट रूपमा जनाउनुहोस! । उदारहणका लागि तपाईं भन्नसक्नुहुन्छ - 'तपाईंको यो कुरा मलाई ठीक लाग्यो' वा 'म तपाईंको यस कुरामा पूर्ण रूपमा सहमत छु' ।
असहमति जनाउनैपर्ने कुरा भएमा मात्र असहमति जनाउनुहोस! । सबै असहमत कुरा तोकिरहनुपर्ने हुादैन । सीधै असहमत जनाउनुभन्दा असहमत कुरामा प्रश्न गर्नुहोस! । यहाा तपाईं चुनौती दिने खालको प्रश्न गर्नसक्नुहुन्छ । तपाईंको प्रश्न चुनौतीपूर्ण भए पनि तपाईंको आवाज र हाउभाउ चुनौती दिने खालको वा होच्याउने वा आक्रामक खालको नहोस! । असहमत भएको कुरालाई चुनौती दिने हो, व्यक्तिलाई होइन ।
व्यर्थको विवादमा नफस्नुहोस! । अरू तपाईंसाग विवादमा अल्झन चाहेमा पनि तपाईं नअझल्नुहोस! । विवाद सिर्जना गर्न खोज्ने अहङ्कारले हो । विवाद गर्न पाउादा अहङ्कारलाई तुष्टि मिल्छ । तपाईंले विवाद गर्ने उत्सुकता नदेखाएमा विवाद गर्नखोज्ने व्यक्ति आफैा ठण्डा हुन्छ । तपाईंलाई अनिच्छा भए पनि उनले विवाद उकासिरहेमा ऊ आफैा मूर्ख झैा देखिनेछ ।
अरूका राम्रो कुराको प्रशंसा गर्न सिक्नुहोस! । प्रशंसा गर्नु एउटा ठूलो सीप हो । हामी अरूको खोट छिट्टै निकाल्छौा र आलोचना गर्न तम्सिहाल्छौा तर राम्रो कुराको हतपति प्रशंसा गर्दैनौा । प्रशंसा गर्दा मनभित्रैबाट प्रशंसा गर्नुहोस! । यसमा कृत्रिमता देखिनु हुादैन ।
अरूबाट आˆनो प्रशंसाको अपेक्षा नगर्नुहोस! । मानिसको एउटा कमजोरी छ - अरूबाट आˆनो 'स्वीकृति' खोज्नु । अरूबाट प्रशंसा नपाउादा हामीलाई आफू 'अस्वीकृत' भएको हो कि भन्ने लाग्छ र नमीठो अनुभव गर्छौा । अरूबाट प्रशंसा पाउादा मात्र हामी आˆनो महìव भएको अनुभव गछौर्ैा । यो हाम्रो कमजोरी हो । अरूबाट स्वीकृत भएपछि मात्र आˆनो महìव बुझ!ने भनेको अरूको दास बन्नु हो । हामी अरूबाट होइन आफैाबाट स्वीकृत हुन जरुरी छ । यसलाई आत्मस्वीकृति ९कभाि-बअअभउतबलअभ० भनिन्छ । आत्मस्वीकृति अहङ्कार होइन । यो घमण्ड पनि होइन । त्यसैले यो आˆनो मनमा राख्ने कुरा हो, अरूलाई भन्दै हिाड!ने कुरा होइन । आत्मस्वीकृति भएको मानिसले नै अरूको सही सम्मान र प्रशंसा गर्नसक्दछ ।
केही गरी अरूले प्रशंसा गरेमा त्यसलाई विनम्रतापूर्वक स्वीकार्नुहोस! । प्रशंसाका लागि धन्यवाद दिनुहोस! । प्रशंसा पाएा भन्दैमा दङ्ग पनि नपर्नुहोस!, यो पनि अहङ्कार हुनेछ ।
अन्तिम तर एउटा महìवपूर्ण कुरा-आˆनो गल्ती भएमा त्यसलाई तत्काल स्वीकार्नुहोस! । आˆनो गल्ती स्वीकार्दा तपाईंलाई अरूले नराम्रो मान्ने छैन, बरु मन पराउनेछ । यसले तपाईंमा अहंभावना छैन भन्ने पुष्टि गर्छ । गल्ती स्वीकार्दा हीनभावना भने नल्याउनुहोस! । तपाईंको केही काम गल्ती भएको हो, तपाईं नै गलत भएको होइन ।
लेखक मनोविमर्शकर्ता र सफलता विषयक तालिमकर्ता हुनुहुन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here