एजेन्सी–माघ २०, अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले दोस्रो ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा जित हात पारेको छ । २ म्याचको यस श्रृंखलाको पहिलो म्याचमा भने अष्ट्रेलियाले ३१ रनको जित हात पारेको थियो । भारतको यस जितसँगै ट्वान्टी–२० को यस श्रृंखला बराबरी गरेको छ ।
अष्ट्रेलियाको घरेलुभूमी मेलर्बनमा आज भएको दोस्रो खेलमा पहिले ब्याटिङगर्दै घरेलु टोलीले सम्पूर्ण विकेट गुमाउँदै १ सय ३१ रन बनाउन सफल भएको थियो । जवाफमा ब्याटिङ गर्न मैदानमा उत्रेको भारतले उक्त लक्ष्य २ बल बाँकी छँदै प्राप्त ग¥यो ।
दोस्रो खेलमा भारतलाई जित दिलाउन गौतम गम्भीरले ५६ रनको पाली खेल्दै अविजित रहे । त्यस्तै भारतकालागि विराट कोहली ३१ र वीरेन्द्र सेहवागले २३ रन जोडे भने कप्तान महेन्द्र सिंह धोनी २१ रन बनाउँदै अविजित रहे ।
Post Top Ad
Responsive Ads Here
Feb 3, 2012
अष्ट्रेलिया विरुद्धको दोस्रो ट्वान्टी–२० मा भारत विजयी
Tags
# समाचार
Share This
About मेराे चाैतारी
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment