वीरगञ्जबाट काठमाण्डौं आउँदै गरेको बोलेरो जीप मकवानपुरको कुलेखानीमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक सहित चार पुरुष र एक महिला छन् । मृतकहरु सबै भारतीय नागरिक रहेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने अन्यको हेटौंडामै उपचार भइरहेको छ । जीपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ । तीव्र गतिको कारण जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप चालक फरार छन् ।
Post Top Ad
Responsive Ads Here
Feb 12, 2012

कुलेखानी नजिकै जिप दुर्घटना, पाँच भारतीय नागरिकको घटनास्थलमै मृत्यु
Tags
# समाचार
Share This

About मेराे चाैतारी
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment