कृत्रिम मासु तयार हुँदै - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 12, 2012

कृत्रिम मासु तयार हुँदै

कृत्रिम मासु तयार हुँदै
विश्वमा खाद्य संकटको चर्चा चलिरहेका बेला पहिलो पटक कृत्रिम मासु प्रयोग गरेर बर्गर तयार गरिने भएको छ । आगामी तिन महिना भित्र तयार हुने कृत्रिम बर्गर स्टिम कोशिकाहरुको सहयोगबाट प्रयोगशालामा सिन्थेटिक मासु प्रयोग गरि तयार गरिन लागेको हो । यो बर्गर नेदरल्याण्ड्सको एक प्रयोगशालामा ३० लाख डलरभन्दा पनि बढी खर्चमा तयार भैरहेको छ । व्यापारिक स्तरमा यसको उत्पादन हुन थालेपछि भने मूल्य घट्ने निर्माण पक्षको भनाइ छ । स्टिम कोशिकाहरुको मद्धतबाट सिन्थेटिक मासु बिक्रीका लागि तयार गरिने भएपनि यस्तो मासु खान कति मानिस तयार हुन्छन् भन्नेबारे भने अहिल्यै भन्न नसकिने उत्पादन पक्षको भनाइ छ । सन् २०३० सम्म विश्वमा अहिलेभन्दा ५० प्रतिशत खानाको माग बढ्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here