काठमाण्डौ, माघ २० । कालीकोटको मान्मामा गएराति भएको आगलागीमा परी एक प्रहरी सहित ३ जनाको मृत्यु भएको छ । मान्मा बजारमा रहेको स्थानीय मर्मजंग बमको घरमा भएको सो आगलागीमा परी शर्मिला कडायत, बिमला कडायत र महिला प्रहरी सुनिता परिवारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु तीनैजना सोही घरमा डेरा गरी बस्दथे । आगलागीको कारण र घटनाको बारेमा विस्तृत विवरण आउन सकेको छैन । प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।
Post Top Ad
Responsive Ads Here
Feb 3, 2012

कालीकोटमा आगलागी, महिला प्रहरीसहित ३ को मृत्यु
Tags
# समाचार
Share This

About मेराे चाैतारी
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment