दुर्घटनामा परेकाको उद्धार जारी
एजेन्सी–माघ २० । खराब मौसमका कारण पपुवा न्युगिनीमा भएको ढुंगा दुर्घटनामा परेकाहरुको उद्धारकार्य अहिले पनि जारी छ । दुर्घटनामा परेकामध्ये अझै १ सय २० भन्दा बढीको अवस्था अज्ञात रहेको बताइएको छ । अस्ष्ट्रोलियन टेलिभिजनका अनुसार हराएकामध्ये अधिकांश व्यक्ति ढुंगामा फसिरहेका छन् वा उनीहरुको मृत्यु भै सकेको छ भन्ने विषयमा कुनै जानकारी आउन सकेको छैन ।
हराईरहेकामध्ये अधिकांश व्यक्ति विद्यार्थी भएको र उनीहरु पढाई शुरुभएका कारण शहर फर्किरहेका थिए । हिजोमात्रै २ सय ४० जनाको सकुशल उद्धार गरिएको थियो भने बाँकीको कुनै जानकारी नभएको बिविसीले उल्लेख गरेको छ ।
No comments:
Post a Comment