स्थानीय निकायको निर्वाचन गर्न प्रधानमन्त्रीको ध्यानाकर् - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 1, 2012

स्थानीय निकायको निर्वाचन गर्न प्रधानमन्त्रीको ध्यानाकर्


jhoomka
काठमाडौं, माघ १८ l राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय निकायको निर्वाचन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटी सो विषयमा जानकारी गराएको बताएका छन् ।

थापाले संविधानसभाको निर्वाचन भएको चौंथो वर्ष वितिसक्दा पनि स्थानीय निकायको निर्वाचन हुन नसक्दा अन्योल पैदा भएको भन्दै प्रधानमन्त्रीको ध्याकर्षण गरेको बताए । त्यस्तै भेटमा शान्तिप्रक्रिया र संविधान निर्माणको विषयमा पनि छलफल भएको जानकारी दिए ।

थापाले शान्तिप्रक्रिया र संविधान निर्माणको विषयमा आफू गम्भीर भएर लागेको बताएको जानकारी दिए । विगत लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन सकेको छैन । लामो समयसम्म स्थानीय निकाय राजनैतिक दलहरुको सहमति र कर्मचारीको मातहतमा चलिरहको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here