'मेरा श्रीमानलाई बचाइदिनुहोस्' - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 1, 2012

'मेरा श्रीमानलाई बचाइदिनुहोस्'

काठमाडौं, माघ १८ - म गोरखाको आर्थिक दुर्गम क्षेत्र गुम्दा- ५ लप्सिबोटकी शर्मिला गुरुङ हुँ । यतिबेला म ३ देखी १३ वर्षका ५ सन्तानलाई गाउँमा छाडेर  ४३ वर्षीय श्रीमान् कान्छा गुरुङको उपचारका लागि काठमाडौं आएकी छुँ ।

मेरा श्रीमानका दुबै मृगौंला एक वर्षदेखि खराब छन् । अहिले उहालाई राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीमा भर्ना गराएकी छु । तर उहाँको उपचार गराउन सक्ने मेरो हैसियतमा छैन् । हामी किसान हौं ।  यहाँका मृगौला रोग विषेशज्ञ अशोक प्रधानले डायलाइसिस वा प्रत्यारोपण गर्न सल्लाह दिएका छन् । फिस्टुलाद्धारा गरिने डायलाइसिसको एकपटकको शुल्क २५ सय पर्छ । जुन जिन्दगीभर हरेक सातामा दुईपटक गर्नुपर्छ । म जस्तो विपन्न गाउँलेका लागि यो विधि सम्भवै छैन् ।

अर्को विधी मृगौला प्रत्यारोपणका लागि ३ लाख उपचार खर्च चाहिनेरहेछ । प्रत्यारोपणपछि १५  हजार रुपैयाँको औषधी खाइरहनु पर्ने रहेछ । मसँग काठमाडौंमा उपचार गर्ने त के खाना/बस्नसक्ने आर्थिक हैसियत पनि छैन् । म पाठकवर्गलाई मलाई बाचइदिन अनुरोध गर्छु । आर्थिक सहयोग गर्न चाहाने महानुभावहरुकालागि मैले ठमेलमा शाखा रहेको बैंक अफ काठमान्डुमा खाता खोलेकी छु ।

सहयोग गर्न चाहनेहरुले मेरो नाममा खोलिएको बचत खाता नम्बर - ०३०१००००१३८३ (एनपीआर) मा रकम जम्मा गरीदिन सक्नु हुनेछ वा चुम उपत्यकाका समाजसेवी निमा लामाको मोबाइल ९८४१२०५३८७ वा मेरो ९७४६०५२६४३ मा फोन गरी सहयोग गरिदिए आभारी हुने थिए ।
पत्नी शर्मिला गुरुङ
गोरखा, गुम्दा - ५ लप्सिबोट
हालः राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थली 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here