यमपुरीको महलः डायस्पोराको अर्थ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Mar 18, 2012

यमपुरीको महलः डायस्पोराको अर्थ


-डा.खेम दाहाल

१. औपन्यासिक भावभूमिमा ‘यमपुरीको महल’
होमनाथ सुवेदी (सन् १९४७) ले परदेशीहरुका समस्यामा आख्यान सिर्जना गर्न थालेका छन् । उनको ‘यमपुरीको महल’ (२०६८) सानो औपन्यासिक कृतिले अठारवटा परिच्छेदहरुसम्मको आयतनमा कथावस्तुलाई विदेशी भूमिमा नेपाली युवकले आर्जन गरेको अनुभूतिका रुपमा प्रकाश गर्न खोजेको छ । उनको औपन्यासिक कृतिले नेपालको भूमि ‘राखू’ लाई पनि बिम्बका रुपमा ग्रहण गरेको छ भने पात्रले अमेरिका पुगेको दिनदेखि पैसाका पछिपछि लाग्दाको पीडा रोचक तथा विचारपूर्ण रुपमा उतार्न सकेको पाइन्छ ।
उपन्यासकारले आत्म–आलापको ढङ्गबाट विषयको प्रारम्भ गरेका छन् । यस आख्यानमा नेपालको नागरिक अन्य देशमा दुःखको जीवन यापन गर्दै हुन्छ । प्रेम नामको नेपाली नागरिकले आपूm नेपाली भएको मान्यता प्रकाश गरेको छ, नेपालमा शिक्षादीक्षाको पुग्दो तह पूर्ण गरेको हुन्छ । युवक नेपाली हो भन्ने कुरा अग्रभागको आप्mनो परिचयमा प्रेमले खुलाउँछ । आपूm राखू गाउँको कुलीन परिवारको मानिस भएको गर्व गर्दै छ, परदेश गएर आएको पनि हो । एक पाकिस्तानी नागरिकले टुरिस्ट भिसाको लागि स्पेन्सन पठाउँछु भनेको हुँदा आप्mनो मातृभूमि टेकेको अभियान प्रशस्त गर्वको विषय हुन्छ । पात्रले आपूm भएर आप्mनै समस्यामा आपूmलाई म भनेर प्रकाश गर्छ, आत्मपरक शैली वा आन्तरिक दृष्टिबिन्दुको प्रयोगबाट उपन्यास लेखन नेपाली उपन्यासकाो इतिहासमा सम्वत् २०१८ मा ‘अनुराधा’ बाट भएको पाइन्छ । ‘म स्वयम् उत्तर दिन्थेँ, पैतृक सम्पत्ति मलाई तिलको एक गेडोबराबर पनि लाग्दैन । नभए पनि त्यसैमा निर्भर हुनामा सायद मेरो अहम् तुच्छ ठान्थ्यो 
(सुवेदी, २०६८ः३) ।’ समाख्याताले आप्mनो कथा भन्दा पनि उपस्थित रहेको र त्यसभित्र ऊ आपूm केन्द्रीय पात्र रहेको, आप्mनो कथा आपैंmले भनेको स्थिति रहेको अवस्थामा आन्तरिक केन्द्रीय दृष्टिबिन्दु हुन्छ (श्रेष्ठ, २०६०ः ११) । यसमा पात्रले विषयलाई आपैंm लागेर गहिरो प्रस्तुतीकरणतिर लैजान्छ ।
समाख्याताले आप्mनो कथा आपैंm भन्नुअघि पृष्ठभूमि बाँधेको अवस्था पाइन्छ । शिक्षक हड्तालले नेपालको राजनैतिक सङ्क्रमणलाई सूचित गर्दछ । त्यही हड्तालको समयमा खोसिएको जागिर तथा पैतृक सम्पत्तिको पछि लाग्दा अहम्मा पर्ने आघात एवम् पैतृक सम्पत्ति भनेको तिलको गेडोसमान पनि छैन भन्ने धारणा विकास हुनु प्रमुख पात्रका प्रारम्भका अनुभूति हुन् । शिक्षाशास्त्र संकायमा स्नातक तह उत्तीर्ण गरेको एउटा पात्रको आत्मालापभित्र धनको भोक र ठूलो घर बनाउने सम्झनामा खेलिरहेको रहर राखूबाट मौलाउन थालेको हो । पात्र नेपाली युवकले हीनताबोधको सिकार भएको पात्रमा आपूmलाई समाहित गर्दछ । उसका समस्या सामान्य मानिसका भन्दा फरक किसिमका छन्, पात्रले आप्mनो नाम प्रेम राखेको छ, ‘म पीडित युवक प्रेम विपनामा नेपालमा थिएँ (सुवेदीः २०६८ः५) ।’ पात्रको जीवनको उत्तराद्र्धको घटना मिसाउन पाएमा सहज हुने ठानेका हुनाले अन्त्यको सम्भाव्य घटना सुरुमा मिसाइन्छ, उपचारमा लाग्दालाग्दै परलोक हुने अवस्था पनि आउन सक्ने सम्भावना देखाएका छन्, मेरो बिरामी हो भनी कसैले दायित्व लिँदैन । मूलतः डलर कमाउने लोभले विलाप गराएको छ । 
‘यमपुरीको महल’ बनाउनुपर्छ भने डलरको खेती गर्नुपर्छ । युवकलाई पैसाको रोगले सताएको छ, वृत्ताकारीय शैलीमा यस पात्रले पुराना दिनका पूर्वकथाहरु क्रमशः सम्झनामा लिइरहन्छ, पात्रलाई उपचारको क्रममा नर्स जुडी र डा. जर्जले परीक्षण र प्रयोग गर्दै हुन्छन् । परीक्षणमा पात्रको नाकबाट डोरी घुसारेर शरीरको त्यस अङ्गमा पु¥याइन्छ, जहाँ दोष देखिएको छ । ‘यमपुरीको महल’ शीर्षक भएकाले दुई अर्थ लाग्छन्, पहिलो अर्थ भनेको धनको आर्जन र पक्की घरको शहरको बास, अर्को अर्थ भनेको नरकको यात्रा र यमराजको राज्यभैंm लागेको ठाउँमा पुग्ने प्रयास हुनेछन् । ‘म यमपुरीभित्र पस्न तयार भएँ । मृत्युका अन्तिम घडीहरुमा जीवनमा पूर्वस्मृतिहरु यति चाँडो आपूmवरिपरि घुम्दा रहेछन् । प्रकाशकै चाँडो दगुर्दाे हो (सुवेदी, २०६८ः ७) ।’ त्यसैले पूर्वस्मृतिमा अगाडिका दुःखहरुको झोलुङ्गो झोल्लिएको हुनुपर्छ, प्रारम्भमा उल्लेख भएको बिरामीको सच्चा चित्रण पछिका दिनमा झन् फुकेको र अन्त्यतिर पुनः जोडिन आएको उही घटना भएकाले मदनमणि दीक्षितको ‘माधवी’, शिवकुमार राईको ‘डाकबंगला’ आदि उपन्यासमा जस्तै कथानकमा पात्रले सुरु र अन्त्यलाई जोडेर हेर्न पाऊन् भनीकन पाठकलाई सुरुमा असक्त बिरामीसँग भेट गराई बीचमा पूर्वका घटनाहरु उघाई अन्त्यतिर पुनः तिनको परिणतिमा विश्वासपूर्ण तरिकाले उपस्थित गराइन्छ ।
हामी विदेशमा कष्टको जीवन यापन गर्ने पात्रहरु हौंँ र वृद्ध अवस्थामा पुगेपछि झन् ठूलो कष्ट पाउँछौं । आप्mनो जन्मभूमि पाउन कुन धर्मले सफल भइएको छ, त्यसलाई कुल्चनु प्रेमजस्ता पात्रको बाध्यता हो । उनको मस्तिष्कमा दुइटा सर्प गुडुल्किएर सदा बटारिई ‘यमपुरीको महल’ निर्माणमा ‘घँचेडाघँचेड’ गर्छन् (सुवेदी, २०६८ः६) । उपचारमा खटिएका औषधिशास्त्रका विशेषज्ञहरु र प्रेमले अलापेका यी कष्टहरु मर्ममा हुने खालका छन् किनभने यो विदेशी भूमिमा कसैले आप्mनो भन्ने व्यवहार गर्न जानेको छैन । पात्र प्रेमको स्मरणले उपन्यासलाई आख्यानमा निबन्धको गुण र अंश प्रदान गरेको देखाउँछ । उत्तरआधुनिक युगमा आइपुगेको साहित्यले उपन्यासभित्र निबन्ध, नाटक, कविता आदि विधाभञ्जन एवम् विधा मिश्रण भई आउने अपेक्षा राख्छ । उनको स्मरणमा स्वप्निल यात्राको अन्तिम दिन अमेरिकाको अस्पतालमा हुनुपर्छ र प्रथम दिनको लुरेक्यामर्नमा हराएको घटना स्मरण भई दोहोरिइरहन्छ । त्यस अवधि वा गुप्तवास पसेदेखि अस्पतालमा भए गरेका यावत् घटनाहरुलाई संस्मरणमा लिँदा कल्पना, अभिलाषा, धनको लोभ र ठूलो महलको अपेक्षा मानिसका रहर तथा तिनको आपूर्ति नहुने अभिलाषाहरु निबन्धका ढङ्गले प्रकाशमा आएका हुन्छन् ।
प्रेमको आलाप–विलाप (विलौना) मा आमासित क्षमायाचना गरिएको छ । त्यस क्षमायाचनाले प्रकाश गरेको आशयलाई हेर्दा पात्रले आप्mनो गल्ती खुलस्त गरेको छ, ‘म त मातृद्रोही हुँ । तिम्रो कोखमा कीरा नपरुन् । मुटु नपाकोस् । मलाई बरालिन देऊ । तिम्रो आँशु नलागोस् । मैले द्यौराली काटेँ । सदासदाका लागि विदा देऊ (सुवेदी, २०६८ः १०) ।’ यस भनाइमा सपूतले मातृभूमिभित्र संवाद गरेर क्षमा माग्दै गरेको अवस्थामा नाटकीय शैलीबाट विषय प्रकाशमा आउँछ । 
उपन्यासमा नाटकीय शैली, एउटा सहयात्रीले अर्कै सहयात्रीसित गरेको कुरामा पाउन सकिन्छ । यसमा एउटा पात्र संक्षिप्त वादविवाद गर्न चाहन्छ र अर्काे डलरको कमाइमा सुख देख्न थाल्छ । हामी सितिमिति अमेरिका पुग्दैनौं, दस दिनको भ्रमणमा जानेहरु पनि त्यतै हराउने गर्छन् । त्यसैमा प्रेम पनि एउटा हो, उसले गरेको कुराकानी थमबहादुरसित त्यस्तै छ । ‘म यहीँ बस्छु, कसैलाई नभन है ।’ ‘तीनवटा कलिला छोरा, कलकलाउँदा दुइटी छोरी र पत्नीलाई राखूमा छोड्ने कुरा गर्छाै ?’ यी संवादमा मर्ममा पुगियो भने दुःख लाग्छ, हुनामी, नहुने हुन्छ । लक्ष्मीप्रिया बायाँ काँधमा र डलर खेती दायाँ काँधमा झुन्डिएका छन् । परदेशीले राजधानीमा धवलश्री देखेको हो । हीरा नामक महिलाले वासिङ्टन डीसी जाने यात्रीलाई कारमा सवार गर्ने मौका दिएकी हो । निकै लामो यात्रापछि अधबैंसे युवतीको पछिपछि लाग्नु उचित नठानी उत्रिएको पनि हो । ‘म उनीहरुको भूमिमा जिउनु थियो तर लुकेर यस अवस्थामा बाहेक दूरावस्था कहिले हुन सक्थ्यो र ? म लुक्न चाहन्थेँ (सुवेदी, २०६८ः१५) ।’ सुट लगाएको युवकबाट प्रौढतातिर लम्कन थालेको एउटा पात्र अमेरिकी भूमिमा पदार्पण गर्दा हीराको सहयोग पाएको पात्र हो । 
आर्थिक विपन्नताबाट नै प्रेमको डायस्पोरा सुरु भएको पाइन्छ । प्रेमका दुःखका दिनहरु फर्किएर आइरहेका हुन्छन्, डायस्पोरा सन् पूर्व ५८६–५३८ मा यहुदीहरु बन्दी बनाइएका हुन्छन्, रोमनहरुले लडाइँमा हराएर धपाइदिएपछि फराकिलो मन भएका र धर्ममा नरमानरम व्यवहारका देशहरु ९न्भलतष्भि० मा निर्वासन हुने अवस्थाको कुरा डायस्पोरा हो (दीक्षित, २०५७ः१२७) । सन् १८४८ मा प्यालिस्टाइन–इजरायलको स्थापनापछि त्यसको अन्त्य भएको हो भनिएको पाइन्छ । प्राचीन प्यालिस्टाइनबाट धपाइएका यहुदीहरु अर्काे देशमा समाज बनाएर बसोबासमा पुग्नु भन्ने अर्थका साथमा अन्य अर्थ पनि छन्, व्यापकताको अर्थमा एउटा राष्ट्रिय समूहबाट, एउटा समूहको संस्कारबाट अर्काे संस्कार समूहमा पैmलिने विषयलाई ‘डायस्पोरा’ ९मष्बकउयचब० भनिने शब्दकोशको अर्थ हुन्छ । यस अर्थसित ‘यमपुरीको महल’ को घटनालाई जोड्दा अल्पविकसित देशका नागरिकहरु विकसित देशतिर आकर्षित हुने र डलर कमाउने ध्याउन्नमा छरिने प्रक्रियासमेत जोडिन जाने भएकोले ‘डायस्पोरिक लिट्रेचर’ को परिभाषा फराकिलो भयो । शरीर प्यासिफिक र एटलान्टिक महासागरको बीचमा हुन्छ, मन लक्ष्मीप्रिया, शान्ति, कान्तिको प्रतिबिम्बात्मक भारले भरिएको गोदाम हुन्छ । ग्रिसेली शब्द ‘डायस्पोरा’ को अर्थ शब्दकोशमा अहिले पनि त्यही हो । यहुदीलाई बन्दी बनाएको र छाडिदिएपछि चारैतिर छरिएर डायस्पोरिक धर्म पूरा गरेको अर्थमा कष्टको जीवन प्रतीत हुन्छ । 
अहिले युरोपेली, अमेरिकी मुलुकमा जानेहरु आप्mनो परिवारका सदस्यहरुसमेत लिएर जाने गर्छन्, अधिकृत तहको नेपालको जागिरलाई छाडेर त्यहाँ जानेहरु पेन्टर, बगैंचे, ड्राइभर, सुसारे आदिको काम गर्छन्, ‘डायास्पोरा’ शब्दका बारेमा भूमिकामा प्रा.डा. गोविन्दराज भट्टराईले सजिलो परिचय लेख्नुभएको छ । मानिसका लागि डायस्पोरा निर्माण गर्न विविध बाध्यताहरु कारण बनेका हुन्छन् । ती बाध्यताभित्र धेरै कुरा छन् । विद्यार्थीको उचित शिक्षाको अभिलाषा, पेसावालाको बढी आम्दानीको आशा, युद्धपीडितको मोक्ष वा मुक्तिको आशा, सङ्क्रमणकालको फाइदा उठाएर राष्ट्र तथा राष्ट्रिय धनदौलतमा हात हाल्ने अराजक समूह र त्यसलाई सहज गर्न नसक्ने राष्ट्रप्रेमी, इमानदार, नूनको सोझो गर्ने नागरिकको त्यस्ता अराजक गतिविधिबाट प्राप्त पीडा र भाग्नुपर्ने अवस्था आदिका कारणबाट अन्य मुलुकमा गई विकास गरेको समूह र समूहहरु सबै ‘डायस्पोरा’ मा पर्छन् । अझ ‘डायस्पोरा’ को नाता अभिघातको सिद्धान्तसँग जोडिने कुरा बताइएको छ, घर छाडेर हिँडेपछि कतै न कतै कुनै न कुनै ठाउँमा सरिन्छ तर एउटा चिन्ता र डर बोकेको मनले शरीरलाई सुख–शान्ति दिन सक्दैन । भयङ्कर र असुरक्षाको चेतनालाई अभिघातको सिद्धान्तमा समेटिने कुरा भूमिकामा प्रा.डा. गोविन्दराज भट्टराईबाट सूचित हुन आउँछ । यसमा बसोबास गरेको ठाउँलाई छाडेर हिँडेका प्रवासी बनेकाहरु भौगोलिक, ऐतिहासिक र साँस्कृतिक विच्छिन्नताको भय सर्वाेपरि रहन्छ । एउटा आवाज आएपछि त्यसको ध्वनि रुख, पहाड वा भित्ताले भरेसम्म थर्किने गरेर दिन्छ (भ्अजय इको)÷‘इको’ ध्वनि त्यही हो । त्यहाँ पनि धपिनु परेका अवस्थाहरु र तिनलाई धपाउने दारानङ्ग्राहरुको बिम्ब मानसपटलमा कोरिएको हुन्छ, त्यसको डर मान्छेले मनमा बोकिरहन्छ । त्यस डरलाई डायस्पोरिक समाजले हटाउन बल गरे पनि सक्ने स्थिति हुँदैन । भारतको आसाम र भुटानमा दाजुभाइ र दिदीबहिनीहरुले ठूलो परिश्रम गरेर जमीनलाई उर्बर बनाए । घातको प्रशस्त सहन गरे पनि भाँगेर हिँड्नु पर्ने भएपछि उनीहरु नेपाल र अन्य मुलुकतिर छरिएका छन्, धरावासीले ‘शरणार्थी’ उपन्यास लेख्दा यी विशेषताको निर्वाह भएको अवलोकन गर्न सकिन्छ । भारतीय साहित्यकार उलमा रुस्दी ९क्बmिबल च्गकजमष्भ० यस्ता साहित्यकार हुन्, अरु धेरैले त्यस विषयको प्रशस्त प्रकाश गरेका छन् । रुस्दीको ‘मिडनाइट चिल्ड्रेन’ ले विजयको उपलब्धिको घोषणा गर्दछ, प्रचलित साहित्यको परम्परामा यसले नयाँ फड्को मारेको छ । 
डायस्पोराको विशेषता दुईतिरको मनले थिचिराखेको अवस्था देखिनु हो । पात्रको मनलाई पुरानो ठाउँले छाडेको हुँदैन र नयाँ ठाउँमा शरीर भए पनि त्यस नयाँ ठाउँमा ऊ पूर्ण वयस्क हुँदैन किनभने उसको कष्टको प्रतिध्वनि सधैं घटघट घनन गरिरहन्छ । मानौं, त्यो पुनरावृत्त भइरहोस् भन्ने चाहना नहुँदा पनि भोगिरहनुपर्छ । ‘म त कस्तो ? दुई पैसाको नाफाका लागि ६५ वर्षकी बूढी फुपूलाई जेठमासको प्रचण्ड घाममा दस पाथी नुनको भारी बोकाएर कार्की नेटाको उकालामा हिँडाइरहेको थिएँ ।’ यी पुरानो दिनका भीरले लखेटा लखेट गरिरहन्छन् । ‘त्यस बेला मेरो हातको मुड्की भित्तामा बज्रियो ।’ त्यस पात्रले मनबहादुर ठकुरीलाई सात वर्षअगाडि नै उम्कन हानेको मुक्का यसरी स्मरणमा फेरि भित्तामा बजारिएछ । मनमा दुई समयको बादल सघन रुपमा हुन्छ । पूजाको काममा प्रस्ताव आउँछ तर पात्रले मानेन र ग्रिनकार्ड मिलाउन नसकेपछि पनि उसले अनेक सोँच्यो–‘ग्रिनकार्डको पूजामा अमेरिकामा बेचिन्नँ ।’ पात्रले रेलको यात्रालाई जीवनको यात्रासित समान हुने ठानेको छ । पात्रले आप्mनो दाह्री र कपालको विषयमा, सुट र रेलको डिब्बाका विषयमा आन्तरिक दृष्टिविन्दुमा विषय सम्प्रेषण गर्छ । पात्रले प्रकाश गरेका स्वभावहरु प्रत्यक्ष अवलोकनका परिणतिभैंm लाग्छन् । अनरे दि बाल्जाकजस्ता प्रसिद्ध उपन्यासकारले कलाकार, व्यापारी, विद्यार्थी, अभिनेताका बारेमा पहिले स्पष्ट धारणा बनाए, तिनलाई चिनेरमात्र उचित स्थानमा प्रयोग गर्थे (शर्मा, २०५०ः८८) । उनका कृतिहरु ‘उजेनी ग्रादे’, ‘ल पेर गोरिओ’ जस्ता उपन्यासमा यी विशेषता गणना भएका छन् (शर्मा, २०५०ः८८) । डायस्पोरिक लेखनमा पनि अमेरिकाको भुक्तमान खपेको पात्र तथा उसको आप्mनो अनुभूति वा निकटका मित्रको अनुभवलाई आत्मसात् गरी होमनाथ सुवेदीले बाल्जाक शैली अवलम्बन गरेको कुरा विचारणीय छ । पात्रका बारेमा थाहा पाइएको छैन, टोलटोल घुमेर, वार्तालाप सुनेर, गाउँ–गाउँमा गएर तिनको सूक्ष्म निरीक्षण गर्थे, चरित्रको बिम्ब तयार गर्थे भनी बाल्जाकका कृतिमा टिप्पणी गरिन्छ । 
२. अन्तिम प्रयास
नेपालमा साना काम नगर्ने युवक प्रवासमा पुगेपछि भन्छ, ‘मैले नगरे कसले गर्छ, त्यस्तो काम । साना कामहरुलाई काम नगन्ने मेरो संस्कारगत कुविचारको फल मैले यहीँ बेहोर्नुपर्छ (सुवेदी, २०६८ः २७) ।’ नेपालमा सानो काम नगर्ने, फुपूलाई भारी बोकाउने पात्रले बेल्चा चलायो, हिउँ सफा ग¥यो । उसले कममा कम पुजारीको काम नगरेको बुझिन्छ । हामी पनि चिन्तामा छौंँ, यति राम्रो देशलाई पचासजना जति शक्तिवालाहरुले खेल्ने मैदान बनाइदिए, यिनलाई कुनै विदेशीले पोल्टाभरि भुटेका मकै हालिदिएर नेपाललाई अशान्त बनाऊ भनेका छन् जस्तो छ । नभनेका भए कहिले बन्द, कहिले जुलुस, कहिले हड्ताल, कहिले नाराबाजी र कहिले देशको अन्योल दिशा किन पार्थे ? उनीहरु नै शक्तिमा छन्, जे मन लाग्छ गर्दैछन् । शान्तिसित बसौंला भनी नठाने हुन्छ । प्रेमले गरेको जस्तै खेम, हरि, गोपाल, गोविन्द, तारा, सूर्य, टङ्क, गोपी, दीपक, सुभाष र चन्द्रले समेत हीराको नोकर हुनुपर्ने दिनको प्रतीक्षा गरेभैंmँ भएको छ । जयजय डायस्पोरा † प्रेम बिरामी हुँदा उपचार गरेको अस्पतालमा उनको म छु भन्ने अभिभावकीय दायित्व दिनसमेत कोही नभएको स्थिति देख्दा तिमीमा विश्वास गर्न सकिएन । तिम्रो परिवेशमा मनुष्यत्व छैन कि जस्तै छ, तिमीमा विश्वासको सङ्कट प्रबल छ । ‘डायस्पोरा, तिमीलाई धन्यवाद ।’ कुनै कारण र छ ।
उदयपुरको स्रष्टा स्मारकः काव्यतीर्थफत्तेपुर(ब्लाष्ट) उदयपुरको जिल्ला सदरमुकाममा निर्माण गरिएको मुलुककै पहिलो स्रष्टा स्मारक यतिबेला साहित्यिक कार्यक्रम गर्ने थलो बनेको छ । गाईघाटमा फाट्टफुट्ट ६ महिना÷वर्ष दिनमा एकपटक मात्र साहित्यिक कार्यक्रम हुँदै आएको थियो । स्रष्टाहरुको सम्झनामा कलाकार विक्रम श्रिले लामो मेहनत गरेर बृहत् कार्यशाला बनाएपछि साप्ताहिक रुपमा साहित्यिक जमघट हुन थालेको छ ।
पछिल्लो समय स्रष्टा स्मारकमा पुगेर आप्mना कृति विमोचन गर्नेहरु पनि बढेका छन् । झण्डै–झण्डै साहित्यिक गतिविधि नै हुन छाडेको गाईघाटमा सक्रिय आकासगंगा साहित्य समूहले उदयपुरको साहित्यिक इतिहासलाई ब्यूँताउने काम गरको छ । हरेक कार्यक्रमको व्यवस्थापन गर्न यही समूह अघि सर्ने गर्छ । पछिल्लोपटक इटहरीका स्रष्टा उद्धव घिमिरेले पनि आप्mनो पुस्तक स्रष्टा स्मारकमा पुगेर विमोचन गरेका छन् । पूर्वका स्रष्टाहरु प्रायः स्मारकमा पुगेर आप्mना कृति विमोचन गर्ने परम्पराको थालनी भएको स्मारकको परिकल्पनाकार विक्रम श्रिले बताए ।
इतिहासदेखि वर्तमानसम्मका स्रष्टाहरुको सम्मानमा समर्पित स्मारक २०६३ मा निर्माण शुरु गरिएको हो । करिब ७ बिघा क्षेत्रफलमा बनाइएको स्मारकमा अन्य कलाकृतिले धेरैको मन लोभ्याउँछ । स्रष्टाहरुको सम्मानमा निर्माण गरिएको भव्य पार्कको अर्काे आकर्षण ढुङ्गामा आप्mनो सृजना आपैंm गरिरहेको बुद्धको मूर्ति बनेको छ । ‘भौतिक र चेतनाले समृद्ध मनुष्य जसले आपूmले आपैंmलाई बनाइरहेको दृश्य यहाँ निर्माण गरिएको छ ।’ कलाकार श्रिले भने, ‘त्यही सर्जकलाई स्रष्टाको प्रतीक भनिएको छ । श्रमको सम्मान हुनुपर्छ भन्ने सन्देश पनि यो कलाकृतिले दिएको छ ।’
त्रियुगा नपा र जिविसको आर्थिक सहयोगमा निर्मित बृहत् पार्क उदयपुरको आकर्षणको केन्द्र बन्दै गएको छ । आ–आप्mनै धनुमा श्रम र सृजना गर्न व्यस्त देखिने कलाकृतिले पर्यटकहरुलाई पनि आकर्षित पार्ने गरेको उदयपुरका सञ्चारकर्मी डिल्लीराम खतिवडाले बताए ।
अन्य मुलुकहरुमा कला र कलाकारको भव्य मूल्याङ्कन गरिन्छ । राष्ट्रका गहनाका रुपमा सम्मान गरिन्छ । यसको उदाहरण हेर्न त्यति टाढा जानु पर्दैन । छिमेकी मुुलुक भारतलाई हेर्दा काफी हुन्छ । तर नेपालमा कला र कलाकारहरुलाई सम्मान गर्ने परिपाटी बसेको छैन । राजनीतिक झमेलामा अल्झिएको राज्यले पनि यसबारे सोच्न पाएको छैन । हिजो दासको रुपमा बाँचेको अँध्यारो इतिहास भोगेका स्रष्टाहरुका लागि यस्तो पार्क निर्माण गरिएको कलाकार श्रिले बताए ।
‘राजधानीमा बनाइएको आकर्षक कलाकौशलमा त्यस बेलाका राजामहाराजहरुको नाम अंकित छन् । तर सर्जकहरुको नाम कतै भेटिदैन ।’ कलाकार श्रिले सर्जकमाथि भएको अन्यायप्रति गुनोसो गर्दै भने, ‘उनीहरुले हामीसामु छाडेको नासो जीवित छन् । उनीहरुप्रति कृतज्ञ हुन यो स्रष्टा स्मारक ठडिएको हो ।’ राजामहाराज, नेताको नाममा स्मारक बने तर कलाकारहरुको नाममा आजसम्म कुनै स्मारक बनेका थिएनन् । उदयपुरलाई काव्यतीर्थ बनाउन विक्रम श्रिको सक्रियतामा पार्क निर्माण गरिएको आकासगंगा साहित्य समूहका अध्यक्षले बताए ।
कार्यशाला स्थापना भएपछि एकपटक विमोचन भइसकेको पुस्तक पनि पुनः विमोचन गर्न थालिएको स्थानीय बताउँछन् । हाल एक दर्जनभन्दा बढी पुस्तक स्रष्टा स्मारकलाई साक्षी राखेर विमोचन भइसकेका छन् । कलाका लागि संघर्ष गरिरहेका राजधानीबासी स्रष्टाहरुका लागि पनि यो कार्यशाला काव्यतीर्थ हुने अपेक्षा गरिएको छ । झण्डै एक करोड रुपैयाँ लागतमा निर्माण गरिएको कार्यशालामा पुगेर दिन बिताउँदै साहित्य सृजना गर्नेहरु निकै बढेका छन् । यसले उदयपुरको पर्यटन प्रवर्धनमा समेत मद्दत पु¥याएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here