महिला होस वा पुरुष बोसोयुक्त कम्मरले सबैको सौर्न्दर्य नष्ट गरिदिन्छ । खासगरी महिलाको ठूलो कम्मरले उसको सारा शरीरको सौर्न्दर्य नष्ट हुन्छ । पातलो कम्मर र उन्नत बक्षस्थल कुनै पनि महिलाको सौर्न्दर्यको प्रतिक मानिन्छ । भौतिक सुविधाहरुले युक्त आजको समयमा खासगरी टीभी आदि हेनमा बढी समय व्यतित गर्ने, हिडडुल कम गर्ने महिला तथा पुरुषहरु अतिरिक्त बोसोको शिकार भएर सौर्न्दर्यहीन हुदै गएका छन् । शरीरमा बोसो बढ्न थालेपछि त्यसको पहिलो प्रभाव कम्मरमा नै पर्छ । त्यसैले कम्मरलाई सुन्दर बनाइराख्न अत्याधिक सावधानीको आवश्यकता पर्छ किनभने भोजनमा अलिकति लापरवाही हुने बित्तिकै कम्मरमा बोसो जम्मा हुन थालिहाल्छ । भोजनमाथि नियन्त्रण गरेर तथा कसरत गरेर नै कम्मरको मोटोपनालाई कम गर्न सकिन्छ ।
कम्मरको आदर्श आकार हो बक्षस्थल र हिप भन्दा १० इन्च कम । हुन त प्रत्येक फिगरमा यो नाप फरक फरक हुन सक्छ । यसैगरी प्रत्येक महिलाको कम्मरको आकार पनि फरक फरक हुन सक्छ । तर तपाईको कम्मरको आकार चाहे जस्तो होस केही प्रयासहरु पछि यो सुन्दर बन्नसक्छ ।
एउटा अभ्यास यस्तो गर्नुस- प्रत्येक दिन तपाई एउटा ठूलो ऐना अगाडि उभिनुस तपाईको पिठ्यू सिधा होस काँधलाई केही पछाडि तानेर राख्नुस भूडी भित्र तर्फ तानेर राख्नुस । तपाईको कम्मर सुन्दर देखिनेछ । यो अभ्यास प्रत्येक दिन केही मिनेटसम्म गर्नुस् । तपाईको फिगर राम्रो हुन थाल्नेछ । चिनी र स्र्टार्च कम्मरका दुश्मन हुन । सकेसम्म यी वस्तुहरुको सेवन नगर्नुस । ताजा तरकारी र फल प्रयोग गर्नुस तर स्र्टार्च बढी हुने फलहरुको प्रयोग कम गर्नुस । मांसहारी हुनुहुन्छ भने माछा र चिकन मात्र खानुस । तर निकालिएको दूध, दही र पनिर खानुस् । भोजन माथि नियन्त्रण गर्ने हो भने दुइ तीन हप्तामा नै तपाईको तौल घटनेछ ।
यदि तपाई बसेर काम गर्ने गर्नु हुन्छ भने स्वभाविक रुपले तपाईको भुडी र कम्मर फैलिनेछ । यस स्थितिमा कसरत अत्यन्तै जरुरी हुन्छ । बढी भन्दा बढी हिडने गर्नुस् । कसरत र नृत्य कक्षा पनि ज्वाइन गर्न सक्नु हुन्छ । साइकल चलाउनु पनि कम्मर र हिपको लागि अति नै लाभदायक हुन्छ ।
अन्य कसरतकोलागि भुइमा सिधा उभिनुस । आफ्ना दुवै खुट्टाहरु केही टाढाटाढा राख्नुस । अब आफ्ना हातहरु कम्मरमा राख्नुस, अब कम्मर भन्दा माथिको भागलाई दायातर्फ झुकाउन सकिने जति झुकाउनुस । यसपछि यसैगरी बायातर्फ झुकाउनुस । यो कसरत कमसे कम १५ पटक गर्नुस् ।
नुहाउने समयमा फाल्तु मासुलाई साबुन लागेको स्पन्जले वा वाश क्लोचले चाँडो चाँडो दल्नुस । यस्तो गर्नाले रक्तसञ्चार बढेर जान्छ, बोसो केही घट्छ । नुहाउने समयमा कम्मरको मासु हातले दबाउने गर्नुपर्छ । कम्मरमा माछाको तेल लगाएर हल्का हातले मालिश गर्नाले पनि कम्मरको बोसो केही कम हुन्छ ।
यसैगरी पहिरनले पनि कम्मरको सौर्न्दर्य बढाउन मद्दत गर्छ । यदि तपाईको कम्मरमा फाल्तु बोसो छ भने कम्मरमा कस्सिएको ब्लाउज वा कमिज नलगाउनुस् । लुगामा थिचिएर मोटो कम्मर झन भद्दा देखिन थाल्छ । ब्लाउज यस्तो लगाउनुस जसले कम्मरको मासु नदेखियोस यदि तपाई फ्रक वा र्स्कर्ट लगाउनु हुन्छ भने पेटीलाई अत्यन्त टाइट गरेर नबाँध्नुस । साडी नरम र पातलो कपडाको नै लगाउनुस् ।

No comments:
Post a Comment