पोल्छ हरदम छाति - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 26, 2012

पोल्छ हरदम छाति

मन्दीरको फुलको प्रसाद मेरो भागमा पाती,
मांया उस्तै मुर्दा मेरो ज्यानलाई दाग बाती,
अशुभ घाती केहिक्षणलाइ ग्रहणलाग्दा भन्छन,
यो भाग्यमा संधै ग्रहण दिनमा होसकि राती,
गुंड बनाउंछु तिन्का जोडि उडाईलान्छ हावा,
प्रेमलाई पुकार लाउंछु भन्छु जैले सुकै थाती,
मांया जेहोस अबोध थियो बैरी जगै किन,
तिर्मिराउंदै आंखा लाउंछन सपनाको ताती,
सम्झनालाई धुलो पार्छन सोचाईका पाटा,
के जातिहो के नजाति पोल्छ हरदम छाति ।
-------------------------
वेद थापा “बेहोशी”
सेतिदोभान ७, स्यांजा ।।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here