पर्छ एक दिन - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 26, 2012

पर्छ एक दिन


दुई दिनको चोला आखिर्,मर्नै पर्छ एक दिन्
कर्कलाको पानी जिवन्,,झर्नै पर्छ एक दिन्||
सुख सयल मोज मज्जा,दौलत भन्नु के भो
रित्तो हातै खाली चिहान्,भर्नै पर्छ एक दिन्||
मृत्यु को त्यो जंगार मा,,खुट्टा कामे पनि
बैतर्नी को साथ लागि,,तर्नै पर्छ एक दि||
स्वर्ग नर्क पत्तो छैन,,कहाँ छ खै कुन्नि
धर्ती बाट त्यातै बसाई,सर्नै पर्छ एक दिन्||
सास हुन्जेल लोभ पाप र,,दुस्मनी नै किन
संसार छोडी चिता माथि,पर्नै पर्छ एक दिन्||
जन्म मृत्यु मिलन बिछोड्,कस्तो दुस्ठ रिति
आफान्त ले रुदै बिदा,,गर्नै पर्छ एक दिन्||
--------------------
योगेन ढोलि
पन्चन १ सोलुखुम्बु

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here