तिमी भित्रै जाग्छ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 11, 2012

तिमी भित्रै जाग्छ


तिमी नै हौ बसन्त , मेरो नजरमा बस्ने 
तिमी नै हौ गृष्म , मिठो मिलन रच्ने 
वर्षा सरि माया भरी , तिम्रै हृदयलाई 
फुल टिपी शरदमा , गुच्छा तिमीलाई |

हेमन्तमा धानका बाला , सुनौला भई झुल्दा 
मनै शान्त हुन्छ कति , तिम्रो तस्बिर खुल्दा 
शिशिरको जाडोमा नि न्यानो माया साँचे 
हुन्छ भेट मिलनको , दिन गन्दै बाचे |

छैन मेरो अरु केहि लैजाउ मेरो मुटु 
आशा लाग्छ दिन रात , तिमीसंगै फुटु 
लोलाएर आखा मेरा , दर त्रास सबै भाग्छ 
माया मेरो जीन्दगीको , तिमी भित्रै जाग्छ |

डम्बर पौडेल 
चानुवा – ८ ,धनकुटा 
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here