तिमी र म - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 9, 2012

तिमी र म


सोच्यौं होला 
हृदयमा माया साचेको छैन भनेर 
कोरयौ अथाह भाबहरु 
कविताका अक्षरहरुमा 
निराशा र बिछोडका तरंगहरु 
एउटा शिकारीले चरीलाई बाण हाने झैँ 
हान्यौँ कयौं कविताका शब्दहरुमा 
भाब बिभोर थिए म 
मष्तिष्कमा हजारौं पीडाहरु 
उथल पुथल हुदा हुदै 
ज्वालामुखीका लाभा झैँ 
माया अनि सम्झनाका 
तरंगहरु फैलिरहेका थिए 
साँचो हो माया 
तिम्रो माया मेरो मुटुमा गाडिएको छ 
मष्तिष्कमा सगरमाथा झैँ ठडिएको छ 
ज्वारभाटा झैँ प्रत्येक पल पल 
जीन्दगीको किनारमा छोएको छ 
परदेशी हुनुको पीडा 
तिम्रो प्यारो मायाको सागरमा 
चखेवाको जोडी झैँ 
स्वच्छन्द संसारमा प्रीत भर्न सकिन 
चाहदा चाहदै बगिरहेको नदीलाई 
सागर मान्न सकिन 
प्रकृतीको सुन्दरतामा उभिएको पहाडलाई 
मरुभुमी भनाउन सकिन 
शरदमा ढकमक्क फुलेका फुललाई 
टिपेर सुकाउन चाहिंन 
हो माया हो 
मुटुभरिको मायाले मलाई सताए पनि 
दिनरात तिम्रो कल्पनामा बिलाए पनि 
परिबेशको खाडलले 
तिम्रा शब्द बाणमै रमाउने भएको छु 
तिम्रा ति हँसिला ओठहरु हेरी 
आशाको स्पर्शले अघाउने भएको छु 
तै पनि जीन्दगीको कसम 
माया त माया नै हो 
कहाँ मार्न सकिन्छ र 
टास मलाई तिम्रो छातीमा 
बाध मलाई तिम्रो कसिलो अंगालोमा 
सिर्जना नै हाम्रो माया 
साहित्य नै हाम्रो मायाको परिभाषा 
त्यस भित्रका हामी दुई आत्मा 
स्वच्छ मनले भनि रहेछ 
बसन्तको बहार सबै तिमीलाई 
जीबन भरीको हासो खुशी सबै तिमीलाई |

डम्बर पौडेल 
चानुवा -८ ,धनकुटा 
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here