गजल - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 14, 2012

गजल


सपनिमा कालो काग कराएको देखे
चिताबाट आफ्नै लास हराएको देखे ।

मडारिदै कालो बादल,सगरमाथा ढल्दा अनि
बुद्धलाई लाको घाउ चराएको देखे ।

अशान्तिको बिगुल आज चारैतिर फैलाउदा
नेपाल आमा एकाएक डराएको देखे ।

जन्ता जन्ता भिडाएर नेता मोज गर्दा खेरि
भारत ले झन्डा यहाँ,फराएको देखे ।

रामकृष्ण पौडेल "अनयास"
भरतपुर -13,गजलकुन्ज
चितवन

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here