मेरो खुशी खोसिएर , कुटिल हासो हास्नु पर्दा
आशु पिई जिन्दगीमा , बेदनाले छाती भर्दा
मेरो हजुर कति गहिरो , थियो माया हामी बीच
चुडि लाने भगवान नि , तिमी रहेछौं साह्रै नीच |
तस्बिर हेरी टोलाउछु म , साँझ अनि बिहान घरमा
भन्नुहुन्थ्यो मेरो प्राण , बस सधैँ मेरै भरमा
दुख बिमार सबै देख्ने , लाग्थ्यो मलाई उनै देउता
संगै मर्ने चाहना थियो , पारयौ मलाई यहाँ एउटा |
अफिसबाट घरमा आई , काम धन्दामा दिने साथ
सम्झाउदै भन्नुहुन्थ्यो , म नि दिन्छु तिम्लाई हात
बेदनाले छाती फुट्छ , हजुर बिना एक्लै हुदा
आत्तिएर पूजा गर्छु , मरे भेट होस् रोगले छुदा |
हजुर बिना एक्लो संसार , कति दिन देख्नु मैले
दिन नि रात झैँ अध्यारो भो , ओछ्यानमा जान्छु जहिले
बाटो तिर हेर्छु कहिले , छायाँ कतै छ कि भनि
बसेको छु मेरो प्राण , मरे भेट्ने दिन गनी |
जन्मे पछि मर्नु पर्छ , भगवान हौ तिमी ज्ञानी
प्रेम जोडीलाई नछुटाईदेउ , ध्रुवतारा झैँ अटल मानी
हजुर कै ध्यान जप , हजुर कै हु म दासी
मरे पछि साथै लानु , माया जालमा मलाई टासी ||
डम्बर पौडेल
चानुवा -८ , धनकुटा
हाल :- कतार
No comments:
Post a Comment