तिमी म संग नबोल्ने रे बाल मतलब |
के सोच्नु तिम्रो मैले हाल मतलब ||
तिम्रो खोजि गर्नु छैन जे सुकै गर
जता जाऊ मन बोकी ताल मतलब ||
जति थियो मन त्यो हटाई सके |
मर या बाच मलाई काल मतलब ||
तिम्रो पछी हिड्नु छैन मायाको साथ |
दुखमा रमाउ या सुखमा चाल मतलब ||
यति गर्नु थियो गर्यो मेरो मायामा |
तिमी मसंग नबोल्ने रे बाल मतलब ||
अनिल बराल " गरिब चिराग अछुत"
चरम्बी - ५ मिलन बस्ति /भोजपुर
दोहा -कतार
No comments:
Post a Comment