आज शनिबारको दिन...... - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Aug 25, 2012

आज शनिबारको दिन......


बिहानीले कोल्टे फेर्दा..तिमी घरको झ्याल खोली..बाहिर चियाउदा
कति राम्री देखिएकी अप्सरा जस्तै...
खाना खाई सके पछि तिमी बाहिर घुम्न निस्कदा
कुर्दै गरेको एकजना व्यक्तिसंग मस्किदै अघि पछि हुँदै हिडदा
चसक्क मन चस्कियो...अब के गरु ??
शायद डेडिङ्ग तिर होला । गाडीले ब्रेक लगायो ।
एक अर्काको हात समाउदै गाडी भित्र छिर्दा म टवाल्ल परे अनि गाडी हुईकियो ।
शायद डेटिङ्ग सकेर घर फर्कदै गरेको हुनु पर्छ । फेरी गाडीले ब्रेक लगायो । अहिले त तिनी मात्र ओर्लिन त्यो व्यक्ति ओर्लिएन । अनि हात हल्लाउदै वाई वाई गर्दै ति दुई छुट्टीदा ।
तिनी घर तिर लुरु लुरु लाग्दा...त्यतीन्जेल त झमक्क साँझ परयो ।
तिनी घर भित्र प्रवेश गर्दा लोड सेडिङ्ग भएको हुनु पर्छ । निस्तम्भ अध्यारो मम बत्तिको धमिलो प्रकाश भित्र तिनी हराउदा । सुक सुक रोएको अवाज सुन्द्छु । खै के भएछन् तिनीहरुको बिचमा ।
म भुसुक्क निदाउदा । अनि जुरुक्क उठदा.... बिहानीले कोल्टे फेरेछ ।

-TB Pakhrin

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here