मनको मिठो साँचेर , हुन्छ बसौला
सयपत्री फुलको माला , गासी राखौला
उकालीमा हेरी बस्छु , आखा टोलाउदै
दौडी आउनु तपाई हजुर , हासो फिजाउदै |
धानका बाला झुलेका , खेतहरुमा टन्नै
बसेको छु मेरो हजुर , दिन रात गन्दै
झिलीमिली तिहारमा , बत्ती बालौला
भैलिनी र देउसी सँगै , हामी नाचौला |
मादलका पारखी , मारुनीमा बन्छन सारथी
हास्दै खेल्दै रमाइलोमा , नाच्ने दौतरी
हेर्छु बाटो हजुरको , जान्न माइत नि
मेरो खुशी तपाईमै , आउनु साइतैमा |
डम्बर पौडेल चानुवा -८ , धनकुटा
हाल :- कतार
(पुरानो कबिताको डायरीबाट
धानका बाला झुलेका , खेतहरुमा टन्नै
बसेको छु मेरो हजुर , दिन रात गन्दै
झिलीमिली तिहारमा , बत्ती बालौला
भैलिनी र देउसी सँगै , हामी नाचौला |
मादलका पारखी , मारुनीमा बन्छन सारथी
हास्दै खेल्दै रमाइलोमा , नाच्ने दौतरी
हेर्छु बाटो हजुरको , जान्न माइत नि
मेरो खुशी तपाईमै , आउनु साइतैमा |
डम्बर पौडेल चानुवा -८ , धनकुटा
हाल :- कतार
(पुरानो कबिताको डायरीबाट
No comments:
Post a Comment