म्युजिक कम्पनीलाई मात्र दोष दिनु हुँदैन
-धनुषा जिल्ला यज्ञभूमि गाविस मूलाबारीका टिबी पाख्रिनले भर्खरै पछिल्लो एल्बम आधुनिक गीतिसंग्रह ‘मेरो प्रयास’ पस्कनुभएको छ । दिलबहादुर पाख्रिन र शनिश्चरे मायाकी माइलो सन्तान डिबी २०५९ सालदेखि नै गीत÷संगीतमा लाग्नुभएको हो । उहाँ कलाकारितासँगै आर्ट एण्ड डिजाइन् क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । यसपटक गायक तथा संगीतकार टिबी पाख्रिनका सांगीतिक यात्रालगायत विषय मध्यान्तरमाः
कलाकारिता मुख्य पेशा हो ?
होइन, मेरो कलंकीमा आर्ट एण्ड डिजाइन् सेन्टर छ । काठमाडौंमा आएर काम सिक्नेक्रममा संगीतका साथीहरुले कलामा लागांै भने, मलाई पनि रहर सुरुदेखि थियो अनि संगीत सिकेँ । सानैदेखि गुनगुनाउने पनि गर्थे,े त्यही भएर यो क्षेत्रमा आएको हँु ।
कलाकारिता के रहेछ ?
कलाकारिता भनेको अरुलाई मनोरन्जन गराउनु हो ।
काठमाडौंमा गीत÷संगीतको यात्रा गर्नुभएको कति भयो ?
म २०५६ सालमा कामको सिलसिलामा काठमाडौं आएँ । दुई छाक टार्नका लागि गाह्रो भएपछि पढाईभन्दा काम ठूलो लाग्यो । आट्स डिजाइनको काम सिँके । सुरुमा कामदारको रुपमा अरुकैमा गरेँ । त्यसपछि आफैले मेहनत गरेर अफिस खोलें । काम गर्दै जाँदा साथीहरुले स्वर राम्रो छ, संगीत लाइनमा लाग्न प्रेरणा दिनुभयो, त्यहीबाट लागेको हुँ । मैले २०५९ सालमा पहिलो लोकदोहोरी गीत रेकर्ड गरेँ, बसमा सरर.. ।
भनेपछि लोकदोहोरी गीत पनि गाउनुहुन्छ ?
म लोकदोहोरी क्षेत्रबाट आएको मान्छे हुँ । लोकदोहोरीमा छुट्टै आनन्द हुँदोरहेछ । तर ०६२/६३ को जनआन्दोलनका कारण एल्बम बिक्री हुन छाडेपछि संगीत यात्रामा ब्रेक लागेको थियो । त्यतिबेला अडियोको जमाना थियो, आन्दोलन चर्कंदै जाँदा बिक्री भएन, खर्च उठेन, लगानी डुब्ने अवस्था बन्यो ।
त्यही टुंगिएको संगीत यात्रालाई अहिले पुनर्जीवन दिनुभएको हो ?
मेले अहिलेको एल्बम निकाल्नुमा संयोग नै मान्नुपर्छ । सञ्चारकर्मी प्रकाश पुलामीमगर हुनुहुन्छ, २०६९ फागुनमा उहाँसँग मेरो पहिलो भेट भएको थियो । उहाँ कार्यरत एफएममा गीत माग्नु भो, तपाईंको सिर्जना रहेछ, त्यत्तिकै मर्न दिनुहुन्न भनेर । उहाँले मेरो लागि धेरै गर्नुभएको छ । मैले शब्दबाट धन्यवाद दिएर पुग्दैन ।
उहाँले मेरा गीतहरु एफएममा बजाइदिनुभएपछि उत्प्रेरणा जाग्यो । र, २०७० सालमा तेस्रो फेसबुकको अनलाइन च्याटैमा लोकदोहोरी एल्बम लिएर म फेरि बजारमा आएँ । समय सान्दर्भिक भएकाले धेरै मिडियामा बजे । यसले मलाई चिनायो । फेरि अर्को गीत निकाल्ने तरखरमा रेकर्डिङको तयारीमा थिए, तर ल्याउन सकिएन । अनि मेरो प्रयास आधुनिक गीतिसंग्रह निकालेँ ।
नेपाली गीत÷संगीतको यात्रा कहाँसम्म लैजाने सुरुमा हुनुहुन्छ ?
मैले गीतमा कति मेहनत गरेको छु, गीत राम्रो छ भनेरमात्र हुँदैन । स्रोताको प्रतिक्रिया ठूलो हो । स्रोताले सल्लाह, सुझाव दिनुभयो भने झन् राम्रो गीत मेहनतका साथ बजारमा पस्कनेछु ।
गीतमा यथार्थ बढी हुँदोरहेछ कि कल्पना ?
सबै यथार्थै हुन्छ भन्ने होइन । गीत बनाउँदै जाँदा कसै कसैको जीवनमा मेल खान जाँदोरहेछ ।
यहाँले एल्बमको नाम मेरो प्रयास राख्नुको कारण ?
आधुनिक गीत निकाल्ने सपना हो । लोकदोहोरी गाउनुभन्दा अगाडिदेखि नै रहर थियो । मेरो प्रयास नाम राख्नुको कारण धेरै अगाडिदेखिको प्रयास हो । सुगम सगीतमा लाग्ने धेरै अगाडि देखिको इच्छा थियो त्यो पूरा भएको र अनलाइन रेडियोको नामबाट राखेको हुँ ।
इच्छा पूरा भयो त ?
इच्छा पूरा हुन धेरै बाँकी छ । यो एल्बम सुरु मात्र हो । धेरै प्रयास बाँकी छ, हेरौं कहाँसम्म पुगिन्छ ।
औपचारिक तालिम लिनुभएको छ ?
लाक्पा शेर्पाजी गुरु हुनुहुन्छ, उहाँबाट संगीतसम्बन्धी ज्ञान हासिल गरेको छु । इन्द्रेणी संगीत विद्यालयबाट ३ वर्षको शिक्षा हासिल गरेँ ।
धेरै लामो समयदेखि लागेकाहरु पनि संगीतको विद्यार्थी हुँ भन्ने गर्नुहुन्छ, तपाईंलाई के लाग्छ ?
संगीतको ज्ञान जति सिक्यो, त्यत्ति गहिराईमा छ । यसबारे अथाहा सिक्नुपर्ने हुन्छ । प्रत्येक वर्षमा नयाँ नयाँ आउँछ । कुनै पनि विधामा पूर्ण हुन सकिँदैन । अझै धेरै गर्नुपर्नेछ ।
अहिले त म्युजिक भिडियो बनाउने चलन छ, नि ?
मेरो प्रयास एल्बममा रहेको ५ वटा गीतमध्ये दुई वटाको भिडियो बनाएँ । मैले तिमीलाई मन पराएँ र माया बसेपछिको म्युजिक भिडियो छ ।
म्युजिक भिडियो फेसन कि माग हो ?
अहिले गीत÷संगीत क्षणभरमै मोबाइल, पेनड्राइभमार्फत् स्रोताकहाँ पुग्छ । तर, कलाकार चिन्ने चासो अवस्था छैन । भिडियो बनाएपछि टेलिभिजनतिर देखाउँदा कमसेकम कलाकारलाई चिन्छन् भन्ने हो । शब्द सिर्जना गर्नेको नाम त्यहाँ आइरहेको हुन्छ, कसले संगीत भरेको, डाइरेक्टन कसले गरेको छ भन्ने चिनाउन सकिन्छ । गीतले भन्न खोजेको भाव भिडियोले देखाइरहेको हुन्छ । त्यही भएर भिडियो अत्यावश्यक छ । मैले बुझेको, भिडियो छ भने कलाकारलाई चिन्छन् नत्र भिडियो छैन भने सारा ठाउँमा गीत बजे पनि चिन्ने अवस्था रहँदैन ।
तपाईं संगीत पनि गर्नुहुन्छ ?
बाजाचाहिँ बजाउँदिन । संगीत भर्ने, गीत गाउने काम गर्छु ।
मेरो प्रयासको कत्तिको आशा छ ?
लगानी गर्दैमा फल पाइन्छ भन्ने आशा गर्नुहुँदैन । कर्म गरेपछि फल अवश्य मिल्छ । एल्बम निकालेपछि बजार पनि हेर्नुपर्छ । यसलाई पब्लिसिटी गर्न सकिन्छ कि सकिँदैन । गीत निकालेर मात्र हुँदैन । प्रचारमा गएपछि मात्र स्रोताले प्रतिक्रिया दिन्छन् । म्युजिक कम्पनीलाई मात्र दोष दिनु हुँदैन ।
तपाईंको अबको लक्ष्य ?
मेरो प्रयास एल्बमको पब्लिसिटीतिर लागिरहेको छु । स्रोतामाझ कसरी पस्कने भन्नेतिर लागिरहेको छु ।
नेपाली संगीतमा गुणस्तर छैन भन्ने गुनासो छ नि ?
नयाँ कलाकारले गीत गाउँछन्, अन्यलाई सुनाउँछन् । तर, सुरुमा कत्तिको मेहनत गरेको छ भन्ने हेर्नुपर्छ । एउटा नयाँ कलाकारसँग पूरानासँग दाँज्न हुँदैन । कोही कसैले आमाको कोखबाट जन्मदै सिकेको होइन । धेरै गीत गाएर चर्चामा आउने होइन, शब्द, संगीत राम्रो गरेर एउटा गीत गाए १० वटा गीत बराबरको चर्चा कमाउन सकिन्छ ।
No comments:
Post a Comment