आर्दश श्रीमान - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 25, 2015

आर्दश श्रीमान

      आर्दश श्रीमान बन्नका लागि तपाईको व्यवहार आफ्नो श्रीमतीमा कस्तो हुनुपर्छ भन्ने केही ज्ञानहरु तपाइमा हुनु आवश्यक छ ।
 
१ आफ्नो कर्तव्य निभाउनुहोस् । 
     विवाह एक पवित्र बन्धन हो । जब केटीलाई बाबुआमाले टिका लगाएर केटाको हातमा सुम्पिदिन्छन् । तब केटाले एक जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । श्रीमानले घरको आर्थिक जिम्मेवारी उठाउन श्रीमतीमा भर पर्नु हुदैन । किनकी घरको जिम्मेवारी उठाउनु भनेको तपाईको दायित्व हो । यदि श्रीमतीले आफ्नाे खुशीले जिम्मेवारी निभाउन साथ दिन्छन् भने त्यसबाट तपाई मदत लिन सक्नुहुनेछ । 

२ श्रीमतीको साथ दिनुहोस् ।
     श्रीमतीलाई जीवनसंगिनी भन्नुको तात्पर्य हरेक सुख दुःखमा श्रीमानको साथ दिनु हो । कुनै पनि परिस्थितिमा दुवैले एक अर्कालाई साथ दिन सक्नु पर्छ । दुवैलाई एक अर्काको साथ चाहिन्छ । श्रीमतिलाई एक्लोपनको महसुस गराउनु हुदैन । कुनै पनि समस्या दुवैजना मिली समाधान गर्नुपर्छ । हरेक मुश्किल परिस्थितिमा सामना गर्ने हौसला प्रदान गर्दा तपाईको साथ रहे तपाईहरु बीचको सम्बन्ध अझ प्रगाढ बलियो हुन सक्छ । 

३ सम्मान गर्नुहोस
     जसरी तपाई आफ्नो श्रीमतीबाट सम्मानको अपेक्षा राख्नु हुन्छ, त्यसैगरी तपाईको श्रीमतीले पनि तपाईबाट सम्मानको अपेक्षा राखेको हुन्छ । आफ्नो श्रीमतीसँग कुराकानी गर्दा यो कुरामा ध्यान दिनुस् कि तपाई चाहे घरमा होस् या बाहिर, एक्लो होस् या अरु मान्छेको बचि, हरेक ठाउँ, स्थान, हरेक स्थितिमा आफ्नाे श्रीमतीको सम्मान गर्नुहोस् यदि कुनै कामको लागि तपाईको सल्लाह, सुझावको जरुरत भए उसको कुरा राम्रोसँग सुन्नहोस् । 

४ भरोसा दिलाउन सक्नुहोस् 
     श्रीमान श्रीमती जो कोही आफ्नो पार्टनर बीच बफादारी र इमान्दारको चाहना राखेको हुन्छ । यदि तपाई आर्दश श्रीमान बन्न चाहानु हुन्छ भने तपाई आफ्नो श्रीमतीप्रति बफादारी बन्नुहोस् । आफ्नो सुखी दाम्पत्य जीवनमा पति, पत्निबीच तेस्रो व्यक्तिको नाम सम्मिलित हुनुहुँदैन । यदि तपाईहरु बीच त्यस्तो समस्या आयो भने दुवै मिलेर समाधान गर्ने कोशीस गर्नुहोस् । यस्तो अवस्थामा तपाई आफ्नो श्रीमतीलाई आफ्नो सम्बन्धमा आफू पूरा इमान्दार भएको भरोसा दिलाउनुहोस् । 

५.सुरक्षा दिनुहोस् ।
     प्रत्येक श्रीमती आफ्नो श्रीमानबाट आफू सुरक्षित हुन चाहन्छन् । ऊ चाहान्छ कि उसको श्रीमान उसको लागि बाँडीगार्ड बनोस् । भन्नुको तार्त्पर्य यो होइन कि एकदम पहलमान जस्तै होस् । आफू श्रीमानसँगै भएको बेला कुनै पनि पुरुषले उसलाई छुन नसकोस्, श्रीमानबाट आफ्नो रक्षा होस् भन्ने चाहन्छन् । यदि तपाई पनि आफ्नो श्रीमतीको मन जीत्न चाहानु हुन्छ भने उसको लागि वाँडि गार्ड बन्नुहोस् ।

६ छुट दिनुहोस
    यदि श्रीमान श्रीमती बीचको सम्बन्ध ऐना जस्तै सफा हुनु पर्छ । तपाई दुवैजना एक अर्कामा केही पनि कुराहरु लुकाउनु हुन्न भने तपाईलाई श्रीमतीको सारा कुरा थाहा हुन्छ र श्रीमतीलाई पनि तपाईको कुराहरु थाहा भइरहेका हुन्छन् । यदि तपाई स्पष्ट हुनुहुन्छ भने यसको मतलब यो होइन कि तपाई श्रीमतीको हरेक साना तिना कुराहरुमा श्रीमतीलाई प्रश्न गरी परेशान गर्नुहुन्छ । बुझ्नुहोस् ऊ तपाई को श्रीमती मात्र नभएर उसको पनि आफ्नो इच्छा, आकाँक्षा हुन सक्छ । उसले बुवाआमा, भाईबहिनी, इष्टमित्रहरु प्रति पनि आफ्नो जिम्मेवार पूरा गर्नुपर्ने हुन्छ । त्यसैले उसलाई आप\mनो इच्छा अनुसार थोरै भएपनि जिउन सक्ने छुट दिनु जरुरी छ । उसलाई आफ्नो अभिभावकको साथमा समय बिताउन तथा साथीहरुसँग घुम्ने, रमाइलो गर्ने मौका दिनुहोस् । ध्यान दिनुहोस् यदि तपाई आफ्नो वैवाहिक सम्बन्ध बलियो पार्न चाहानु हुन्छ भने केही छुट दिन सक्नर्ुपर्छ । जति तपाई स्ट्रीट गर्नु हुन्छ त्यति तपाई बीचको सम्बन्ध टुट्ने डर हुन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here