अाज भन्दा केहि बर्ष अगाडी उसकाे र मेराे भेट भएकाे थियाे । सामाजिक
सन्जाल फेशबुक मार्फत । त्यस बेला उसैले नै मित्रताकाे हात बढाएकि थिइन
। अनि हामी साथी बनेकाे थिए । त्यस पछि हामी तितामिठा कुराहरुलाइ सेयर
गर्ने गर्थे । त्यस बेला उनी प्लस टुमा अध्ययनरत थिइन । रुपले सुन्दर
अनि राम्री देखिन्थेउ त्यस बेला उनी । मैले सुन्दर अनि राम्री देखेर मित्रता
गास्न खाेजे हैन । मान्छेमा एउटा न एउटा त्याे गुण हुन्छ जस्ले गर्दा हामी
एकअर्कामा अाकर्षित हुने गर्छाै । नजिक हुन्छाै ।
समय
अाफर्नै रफ्तारमा चल्दै थियाे । हाम्राे भेटघाट दैनिक इन्टरनेटमै हुने
गर्थ्याे । हरेक दिन सानातिना कुराहरु भए पनि अपडेड गरि रहन्थ्याे ।
पढेर के बन्ने साेचाइ छ ? बेला बेलामा मैले साेध्ने गर्थे उनलाइ ।
खासै याेजना बनाएकी छुइन हेरम साेच्दै छु । उनी भन्ने गर्थिन ।
केही न केही त याेजना हाेला नि? मैले फेरी साेधे ।
मिडियामा काम गर्ने सारै ठुलाे धाेकाे छ हेल्प गर्नु हुन्छ हाेला नि ? उनले भनिन ।
पक्कै पनि मैले तिम्राे लागि जिन्दगी केहि गर्न सके म अाफूलाइ भाग्यमानी ठान्ने छु । मैले जवाफ दिए । उनले मुस्कुराउदै धन्यबाद भनिन ।
You are most welcome!! मैले भने ।
म केही समय ब्यस्त भए । उसकाे म्यासेज अनि कल चाहेर पनि रिसिभ गर्न सकिन । केही दिन पछि मैले उसलाइ कल गरे तर फाेन रिसिभ गरिनन उनले । शायद म सित रिसाइ हाेलिन । त्यस पछि म्यासेज पठाए त्याे पनि रिप्लाइ अाएन । अाखिर के भयाे उनीलाइ मनमा खुटखुटी लाग्न थाल्याे । हरेक पल हरेक क्षण सम्पर्कमा ल्याउने काेशिस गरे तर पनि उनी सम्पर्कमा अाइनन । छटपटीले मन सारै पाेल्दाे रहेछ यतिबेला । मैले सम्झे उसकाे र मेराे यात्रा शायद यति नै लेखेकाे रहेछ ।
कुनै न कुनै दिन हाइ, हेल्लाे भन्ला नि भन्ने यस्तै यस्तै अाशमा दिनहरु कट्दै थिए । मैले के गल्ती गरेकाे थिए र अाज तिमी मबाट टाढा भयाै ?
निकै समय पछि उनी सम्पर्कमा अाइन ।
चिन्नु भएन म कविता । उनले भनिन
अ.. अ.. चिने चिने । मैलै यति मात्र जवाफ दिए ।
बिर्सनु भयाे है हजुरले? उनले साेधिन ।
खै के बिर्से भनु, के सम्झे भनु । मैले जवाफ दिए ।
किन अधुराे जवाफ... म देखि रिसाउनु भाकाे है हजुर । उनले प्रश्न गरिन ।
म कसैसग रिसाउदिन... तिमीलाइ त्यस्ताे लागेकाे हुन सक्छ । मैले जवाफ दिए ।
यदि मबाट गल्ती भएकाे भए, सरी है हजुर... । उनले भनिन ।
तर मैले केही जवाफ दिइन । म त्यती कै टाेलाइ रहे ।
के भाे हजुरलाइ? किन चुप? प्लिज जवाफ दिनुस्? उनले अाग्रह गरिन ।
मसग तिम्राे कुनै पनि प्रश्नकाे जवाफ छैन र तिमीसग केही लिनुदिनु पनि छैन Please, don't disturb me ok.
हजुरले मलाइ बिर्सनु भाकाे हाे र? फेरी साेधिन ।
मैले जवाफ लेखिन । उ पटक पटक मलाइ प्रश्न साेधि रहेकाे थियाे ।
क्रमश.......
No comments:
Post a Comment