सन्तुष्टि महिलामा निर्भर - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 26, 2017

सन्तुष्टि महिलामा निर्भर

एजेन्सी– कुनै पनि जोडीको यौन सफलतामा पत्नीले निर्वाह गर्ने भूमिका निर्भर हुने एक नयाँ अध्ययनले देखाएको छ । महिला खुसी रहेमा र जीवनप्रति उत्सुक देखिएमा जोडीको यौन जीवन निकै आनन्दपूर्ण र व्यस्त हुने अध्ययनमा उल्लेख छ । तर श्रीमानको मुड र व्यक्तित्वले जोडीको  यौन सम्पर्कको आबृत्तिमा कुनै फरक नपर्ने बरु पत्नीले धित मरुन्जेल यौन सन्तुष्टि पाउने अध्ययनको दाबी छ ।

नवविवाहित २७८ जोडीबीच गरिएको अध्ययनमा पत्नीको स्वीकारोक्ति र खुलापनले विवाहको  सुरुवातीका दिनमा बढी यौन सम्पर्कको सम्भावना दर्शाइएको छ ।

अध्ययनका क्रममा सहभागी सबै जोडीलाई उनीहरुको यौन गतिविधिलगायत वैवाहिक जीवनबारेमा दुई साता लामो डायरी लेख्न लगाइएको थियो । उनीहरुको आफ्नो यौन कार्यलाई १ देखि ७ सम्म रेटिङ गर्न अनुसन्धानकर्ताले लगाएका थिए  ।

औसतमा जोडीले दुई सातामा तीनदेखि चारपटक यौन कार्य गरेको पाइएको थियो । श्रीमानको व्यक्तित्व र यौनको आवृत्तिबारे कुनै सम्बन्ध नभएको अनुसन्धानकर्ताहरुले बताए ।

अमेरिकाको फ्लोरिडा स्टेट युनिर्भसिटीले गरेको सो सर्बेक्षणमा यसअघि महिलाको तुलनामा पुरुषले नै यौन कार्यको कदम चाल्छन् भन्ने भनाईप्रति पनि चासो जनाएको छ । तर अध्ययनले ‘पुरुषको व्यक्तित्व भन्दा महिलाले नै यौन सम्बन्धलाई भविष्यबाणी’ गर्ने उल्लेख गरेको छ ।

यौन सन्तुष्टिको सवालमा महिला र पुरुष दुवैको व्यक्तित्वलाई अध्ययनले महत्व दिएको छ । ‘जति उनीहरु मानसिक रुपमा विक्षिप्त हुन्छन्, त्यति नै सन्तोषको तह न्यून हुन्छ,’  अध्ययनको निष्कर्ष छ । 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here