भुकम्प गएको दुइ वर्ष पुग्यो - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 25, 2017

भुकम्प गएको दुइ वर्ष पुग्यो

भुकम्प गएको दुइ बर्षसम्म पनि पुरै सरकारी अनुदान पाएर एकजना पिडितले पनि घर बनाउन पाएका छैनन । दुइ बर्षसम्म सबैले पहिलो किस्ताको अनुदान पनि पाएका छैनन भने दोस्रा किस्ता पाउने जम्मा दुइ प्रतिशत छन । भूकम्प अतिप्रभावित ११ जिल्लामा ३ दशमलब ५३ प्रतिशत घर बनेका छन । तर यी घरहरु आफ्नै स्रोत वा गैर सरकारी संस्थाको सहायोगमा बनेका हुन सरकारी सहयोगमा होइनन् । 

अनुदान अन्तर्गत दोस्रो किस्ता पाउन योग्य घरधुरी संख्या १४ हजार देखिएको छ । पुर्ननिर्माण प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा दोस्रो किस्ताका लागि प्रमाणिकरण गरिएका घरसंख्या १४ हजार ५ सय ५७ छन । ‘जुन उद्देश्यले प्राधिकरण गठन भएको थियो सोहि अनुसार काम हुन नसकेको कुरा हामीले स्वीकार्नुपर्छ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले भने, ‘सबैभन्दा ठूलो समस्याका रुपमा गाउमा जनशक्तिको अभाव देखिएको छ ।’ 

सरकारले पटक पटक निर्णय गरि भुकम्प पिडितलाई ३ लाख रुपैया अनुदान दिने भनेको छ । जसमध्ये पहिलो किस्ता ५० हजार रुपैयाको छ । प्राधिकरणका अनुसार पहिलो किस्ता बुझ्ने भुकम्प पिडितको संख्या ५ लाख ४३ हजार छन । 

२०७२ बैसाख १२ को भुकम्पका कारण ६ लाख २६ हजार घर अनुदान पाउन योग्य भएको प्राधिकरणको तथ्यांक छ । यो तथ्यांक अनुसार अनुदान पाउनेमध्ये २ प्रतिशतले मात्रै दोस्रो किस्ता पाएका छन । कार्यविधि अनुसार पहिलो किस्ताबाट कम्तीमा घरको जग बनाउनेलाई दोस्रो किस्ता दिने प्रावधान छ । दोस्रो किस्तामा डेढ लाख पाउने प्रावधान छ ।  


यसैगरि सरकारी अनुदानबाट हालसम्म कुनै पनि पुरात्वात्विक महत्वका संरचना पनि बनेका छैनन । वौद्ध लगायतका संरचना स्थानिय समितिको पहलमा बनेका हुन । प्राधिकरणका अनुसार भुकम्पका कारण ७ सय ५० पुरातात्विक संरचनामा क्षति पुगेको थियो । दातृ निकायहरुको सहयोगमा ११ सय विद्यालय बनेको प्राधिकरणको दावी छ । 

पुनर्निर्माणमा चालु आर्थिक बर्ष २०७३/७४ मा ३१ अर्ब रुपैया खर्च भएको छ । जबकि पुर्ननिर्माणका लागि यस बर्ष एक खर्ब ३८ अर्ब रुपैया विनियोजन गरिएको छ । गत आर्थिक बर्ष २०७२/७३ मा जम्मा ४ अर्ब रुपैया खर्च भएको थियो । यस अनुसार पुर्ननिर्माण प्राधिकरण गठन भएयता जम्मा ३५ अर्ब रुपैया खर्च भएको छ । 
राजनीतिक हस्तक्षेप र प्राधिकरण आफ्नै चुस्तता नहुदा भुकम्पपितिहरु दुइ बर्खा र दुइ हिउद अस्थायी टहरा वा टेन्टमा गुजारा गर्न वाध्य छन । ९ हजारले ज्यान गुमाएको, २२ हजार घाइते भएको र ८ लाख बढि घर क्षति भएको ठूलो भुकम्प पछिको पुर्ननिर्माणमा समेत चरम राजनीति हुदा जनताले सास्ती भोग्नु परेको हो ।

प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच पुननिर्माण प्राधिकरणको नेतृत्व कस्ले गर्ने भन्ने खिचातानी हुदा भूकम्प गएको ९ महिनासम्म पुर्ननिर्माण संयन्त्र नै बन्न सकेन । त्यसअघि तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले भुकम्प गएको दुई महिनापछि प्राधिकरण सम्बन्धी अध्यादेश जारी गरे । तत्कालीन योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललाई नै कोइरालाले प्राधिकरणको पनि प्रमुख बनाए ।

त्यसपछि नयाँ संविधान जारीसंगै सत्तामा पुगेका एमाले अध्यक्ष केपि शर्मा ओलीले आफ्ना विश्वासपात्र तथा योजना आयोगका तत्कालीन उपाध्यक्ष युवराज खतिवडालाई पुननिर्माणको जिम्मेवारी दिए । फेरि पनि राजनीतिक दाउपेचका कारण बिधेयक करिब ४ महिना संसदको बिधायन समितिमै अडकयो । ठूलो दबाव परेपछि ०७२ पुसमा संसदबाट विधेयक पारित भएर ऐन बन्यो । त्यसपछि कुनै ठूलो निकायको नेतृत्व नगरेका तर खतिवडा र ओली दुवैले मन पराएका शुसिल ज्ञावलीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरियो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्दे सक्तामा पुगेको कांग्रेसले पुन सिइओ ज्ञावली हटाउने खेल शुरु गर्‍यो । कांग्रेसको दबाबमा प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले गत पुसमा ज्ञावलीको काम चित्त बुझ्दो नभएको भन्दै पुन: पोखरेललाई नियुक्त गऱ्यो । तर पनि न अनुदान पुरै पाइएको छ, न बैंकबाट दिने भनिएको सहुलियत कर्जासम्म पहुच पुगेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here